गुल्मी, बैशाख १९ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा पुर्व मन्त्री केहि दिन देखि गृह जिल्लाका विभिन्न कार्यक्रमहरुमा ब्ययस्त भएका छन । आजै उनि कालिगण्डकी कोरिडोर हुँदै चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिका पुगेर विभिन्न पार्टी कमिटीका कार्यक्रममा सहभागि भएको बताईएको छ ।
माओवादी केन्द्र चन्द्रकोट गाउँकमिटीको बैठकमा सहभागि कार्यकर्ताहरुलाई नेता बरालले प्रशिक्षण मुलक मन्तब्य दिदै देशैभर माओवादी प्रति जनलहर आएकोले अझ सशक्त ढंगले अगाडी बढन निर्देशन दिएका थिए ।
त्यस अवसरमा नेता बरालको हातबाट माओवादी केन्द्र चन्द्रकोट गाउँ कमिटीले प्रकाशत गरेको नव बर्ष २०८२ को भित्ते पात्रको विमोचन गराएको थियो । कार्यक्रममा सो पार्टीकी केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज सिर्जना तरामुले पनि प्रशिक्षण दिएकी थिईन ।
संविधान सभा सदस्य समेत रहेकी तरामुले चन्द्रकोट गाउँपालिकाका मानिसरुको जिवनस्तर अन्य पालिकाको भन्दा उच्च रहेको तथ्याङकmले देखाए पनि दुर्गम गाउँ, र पछाडी परेको बर्ग समुदायको जिवन स्तर माथी उठी नसेकोले माओवादी केन्द्र त्यो वर्ग समुदायको जिवन स्तर कसरी माथी उठाउन सकिन्छ भनेर लाग्नु पर्नेमा जोड दिएकी थिईन । कार्यक्रमा सो पार्टीका जिल्ला सदस्य तथा चन्द्रकोट गाउँपालिकाका प्रबक्ता घनश्याम खरेल लगायतका नेताहरुको बिशेष आतिथ्यता थियो । त्यस गाउँ कमिटी अध्यक्ष गोकर्ण शर्माको अध्यक्षतमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको सचिव लक्ष्मण अर्याले जानकारी दिए ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |