Hi-Speed Computer

Awareness Campaign

गुल्मी महोत्सवमा शान्तारानीको ‘ढले ढले’ प्रस्तुतिमा झुमे दर्शक



अनिल खत्री
२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको सदरमुकाम तम्घासमा जारी गुल्मी महोत्सव शनिबार साँझ दर्शकको अपार उपस्थितिले झनै रंगीन बन्यो। चर्चित लोकगायिका शान्तारानी परियारको लोकप्रिय गीत ‘ढले ढले’ गुञ्जिँदा महोत्सवको माहोल उर्जामय बनेको थियो।

गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको महोत्सव शनिबार नवौं दिनमा प्रवेश गरेको हो। “गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नारासहित सञ्चालनमा आएको महोत्सवमा दिनप्रतिदिन दर्शकको आकर्षण बढ्दो छ।

शनिबारको प्रमुख आकर्षणका रूपमा प्रस्तुत भएकी शान्तारानी परियारले ‘ढले ढले’ लगायत आधा दर्जनभन्दा बढी लोकगीत प्रस्तुत गर्दा दर्शकगण झुमेका थिए।

Forest
Forest
Ad.

उनको प्रस्तुति भव्य साङ्गीतिक उत्सवमा परिणत भएको थियो। उनिसँगै गायक पुश्कल शर्मा, लक्ष्मण खड्का, रितु थापा, दीपक गरौजा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले पनि आकर्षक प्रस्तुति दिएका थिए।

महोत्सव वैशाख १७ गतेसम्म चल्नेछ। यस अवधिमा हरेक दिन विभिन्न सांस्कृतिक कार्यक्रम, कृषि र औद्योगिक प्रदर्शनी, तथा स्थानीय उत्पादनको प्रवर्द्धनात्मक गतिविधिहरू जारी रहने आयोजकले जानकारी दिएको छ।

आइतबार भने अर्को विशेष आकर्षणका रूपमा चर्चित टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’को टिमको प्रस्तुति रहने छ, जसले महोत्सवको रौनकलाई थप उचाइमा पुर्याउने अपेक्षा आयोजकले गरेको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो