Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा गरिब परिचयपत्र वितरण सुरु



टोपलाल अर्याल
८ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा गरिब परिचयपत्र वितरण सुरु भएको छ । जिल्लामा अति गरिब परिवार एक हजार ९३३, मध्यम गरिब परिवार दुई हजार ६१० र सामान्य गरिब परिवार दुई हजार ५५९ गरेर सात हजार १०२ परिवार रहेका छन् ।

अहिले जिल्लामा गरिब परिवारलाई सरकारले सुविधा परिचय–पत्र वितरण अभियान सुरु गरिएको छ । जिल्लामा इस्मा गाउँपालिकामा अति गरिब एक सय ११, मध्यम गरिब दुई सय ५० र सामान्य गरिब परिवार दुई सय ५९ रहेका छन् ।

कालिगण्डकीमामा अति गरिब परिवार चार सय ५३, मध्यम गरिब ७७ र सामान्य गरिब एक सय एक परिवार छन् । गुल्मी दरबारमा अति गरिब ८७, मध्यम गरिब एक सय ४१, सामान्य गरिब एक सय ८३ परिवार रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

सिंचाई
Forest
Ad.

त्यस्तै, चन्द्रकोटमा अति गरिब ५१, मध्यम गरिब एक सय २२ र सामान्य गरिब एक सय ६५ परिवार रहेका छन् । छत्रकोटमा अति गरिब परिवार १८, मध्यम गरिव ४६ र सामान्य गरिब ५८ परिवार रहेका छन् ।

धुर्कोटमा अति गरिब परिवार ४५, मध्यम गरिब एक सय सात र सामान्य गरिब एक सय ३७ रहेका छन् । मदाने गाउँपालिकामा अति गरिब परिवार एक सय १३, मध्यम गरिब तीन सय ४१ र सामान्य गरिब तीन ३३ परिवार रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृत शोभा घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मालिकामा अति गरिब एक सय १४, मध्यम गरिब दुई सय ८० र सामान्य गरिब दुई सय ८२ परिवार रहेका छन् ।

जिल्लाका १२ स्थानीय तहमध्ये मुसिकोट नगरपालिकामा सबैभन्दा धेरै छ सय ४२ अति गरिब, सात सय ७२ मध्यम गरिब र पाँच सय सामान्य गरिब परिवार रहेका छन् । रुरु क्षेत्र गाउँपालिकामा अति गरिब १४, मध्यम गरिब ५२ र सामान्य गरिव ६९ परिवार छन् ।

Awareness by SKF

रेसुङ्गा नगरपालिकामा दुई सय ३२ अति गरिब, दुई सय ९१ मध्यम गरिब र दुई सय ५७ सामान्य परिवार रहेका छन् । त्यस्तै, सत्यवति गाउँपालिकामा अति गरिब ४५, मध्यम गरिब एक सय ३१ र सामान्य गरिब दुई सय तीन परिवार रहेका छन् । जिल्लामा ५२ हजार २६० गैर बिपन्न परिवार रहेका छन् । गुल्मीदरबार, सत्यवति र रुरुक्षेत्र गाउँपालिकाले परिचयपत्र विवरण अभियान सुरु गरेका छन् ।

एक महिनाभित्र सबै पालिकाले परिचयपत्र वितरण गर्ने गरेर योजना बनाइएको छ । अब गरिब परिचयपत्रकै आधारमा योजनाहरू निर्माण गरिने रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो । उहाँले वडाहरूमा परिचयपत्र वितरण गर्दा केही वास्तविक व्यक्तिहरू छुटेको महसुस भएको बताउनुभयो । “केहि परिचयपत्र पाउनै पर्ने मान्छे छुटेको महसुस भयो । सूचना व्यापक गर्दा पनि केही परिवार आबद्ध पनि भएनन्” उहाँले भन्नुभयो, “प्राप्त सूचीकै आधारमा योजनाहरू निर्माण गर्छौ।” -गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →