गुल्मी, बैशाख १०: भारत प्रशासित जम्मु-कश्मिरमा आतंककारी हमलामा मारिएका सुदिप न्यौपाने पाल्पा पुर्ख्यौली घर पाल्पाको मलेङ्ग भन्ने स्थानमा रहेको र उनि केहि दिन अघि मात्र बुटवलबाट त्यस तर्फ घुम्न गएको जनप्रतिनिधीले बताएका छन।
हाल बुटवल उपमहानगरपालिका-१४, बेलहिया बासिन्दा भएको र आमा, बहिनी र ज्वाँई सहित कश्मिरमा गुम्न गएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का वडाध्यक्ष शिव रानाले बताएका हुन।
रानाका अनुसार उनकी आमाको नाम भिमकला न्यौपाने र बाबुको नाम कौशलराज न्यौपाने हो। बाबुले बुटवल-१८ को मोतिपुर स्थित भवानी माविका शिक्षक हुन। प्रवक्ता रानाले यसबारे बुझ्न भर्खरै ईलाका प्रहरी कार्यालय बुटवलबाट आदित्य बितष्ट पनि आफ्नै कार्यकक्षमा आएको र आफुहरु थप बुझेर जानकारी गराउने बताए।
यस बारे बुटवल-१४ का वडाध्यक्ष दधिराम न्यौपाने संग थप बुझ्दा सुदिप आफ्नो माईला बुवाको नाती भएको र पाल्पाको मलेङ्गमा आफुहरुको पुर्खेयौली घर भएको बताए। उनका अनुसार गत शनिबार मात्रै उनि , आमा रिमा पाण्डे न्यौपाने, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहित कश्मिर घुम्न गएका थिए। बहिनी ज्वाँईको घर पोखरा हो। उनिअविवाहित र एक मात्र छोरा हुन। उनि धरानस्थित पब्लिक हेल्थ कलेजमा पढ्थे र धरानबाट आए लगत्तै त्यता घुम्न गएका थिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |