गुल्मी, बैशाख ६ । शु्क्रबार देखि सुरु भएको दोश्रो गुल्मी महोत्सव कषि , पर्यटन तथा औद्योगिक ब्यापार मेलाको आज दोश्रो दिन चर्चित गायक सौगात सायर सहितका कलाकारको प्रस्तुती रहने भएको आयोजक चेम्बर आफ कमर्स गुल्मीले जनाएको छ ।
सो संस्थाका सांस्कृतिक कार्यक्रम संयोजक टामलाल केसीका अनुसार आज गायतक सौगातका अलवा गायिका एञ्जिला रेग्मी, सिता राना , शिलु भट्टराई उदय पुन , गणेश अधिकारी , कल्पना कुशुमको प्रस्तुती रहने छ ।
स्थानीय कलाकारका रुपमा तम्घासको रेसुङ्गा माविका छात्राहरुले नृत्य प्रस्तुत गर्ने छन । आज विहानै अविरल बर्षाका कारण महोत्सव बिच्कियो भन्ने परिरहेको बेला केहिबेर पछि मौसम सफा रहँदै घाम पर्न सुरु गरे पछि आयोजकको हौसला छाएको छ । पानी विदो भए लगत्तै महोत्सव स्थलमा पुग्दा चिया चमेना पसल खुलेका थिए।
हावाहुरीले कुनै प्रकारको क्षति भएको थिएन । सेल रोटी लगायतको खाजा पसल राख्न स्टलको मात्रै ५० हजार तिरेर तनहुँबाट गुल्मी आएका दिदीवहिनीहरु विहानै देखि खाजा बनाउन र ग्राहकहरुलाई टक्राउन ब्यस्त दिए ।
महोत्सवको हिजो लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले उद्घाटन गरेका थिए । महोत्सव बैशाख १७ गते सम्म चल्ने छ । यसपालीको महोत्सवमा झण्डै एक दशक देखि ओझेलमा परेका गुल्मेली गायक डोलराज परियार पहिलो दिन , जिल्लामा पहिलो पटक स्टेजमा आफ्नो प्रस्तुति देखाउन पाएकोमा आफु आयोजक प्रति कृतज्ञ भएको बताए ।
म देशभरका आधा भन्दा बढि जिल्लाका कार्यक्रममा भाग लिएको छ् , विभिन्न देशमा पनि पुगेको छु तर आफ्नै जिल्लामा भने हाल सम्म ओझेलमा पर्दै आएको छु, गुल्मीको कालिगढण्ढडकी गाउँपालिका १ हमिचौरका गायक परियारले भने पहिलो पटक गृह जिल्लाको स्टेजमा उभ्याएकोमा म आयोजक चेम्बर अझ कमर्स गुल्मी प्रति कृतज्ञ छु ।
पहिलो दिन स्थानीय कलाकार रेसुङ्गा माविकी छात्रा सुविज्ञा कार्कीले राष्ट्रिय कलाकारलाई माथ खुवाउने खालको नृत्य सामाजिक सञ्जालमा भाईरल भइको छ । यसपाली यस्ता थुप्रै स्थानीय प्रतिभाहरु उजगार हुने देखिएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |