Hi-Speed Computer

Awareness Campaign

अर्जुन बोर्डिङ्ग स्कुल तम्घासको वार्षिकोत्सव सम्पन्न



अमृता सेन्चुरी
१ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, वैशाख २: गुल्मीको सदरमुकाम तम्घासको सबै भन्दा पुरानो संस्थापक बिद्यालय अर्जुन ईङ्गलिश बोर्डिङ्ग हाईस्कुलको ४१ औं बार्षिकोत्सव आज भव्य समारोहका बिच सम्पन्न भएको छ । वार्षिकोत्सव, परिक्षाफल प्रकाशन तथा अभिभावक दिवसको गुल्मीको जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीले एक समारोहका बिच उद्घाटन गरेका थिए।

हालै मात्र अन्तर्राष्टिय संस्था आईएसओबाट अन्तराष्ट्रिय शैक्षिक गुणस्तर चिन्ह पाप्त गर्ने दौैडमा सामेल भएको अर्जुन ईङ्गलिश बोर्डिङ्ग हाईस्कुलले यस कारण पनि यस बर्षको बार्षिकोत्सव थप हर्ष , उल्लास र उर्जाका साथ मनाएको छ । बार्षिकोत्सव समारोहमा विभिन्न कक्षाका प्ररिक्षाफल प्रकाशित गर्दै उत्कृष्ट नतिजा ल्याई उतिर्ण हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।

वार्षिकोत्सवको अवसरमा त्यस विद्यालयले नयाँ बर्ष २०८२ को क्यालेन्डर समेत प्रकाशित गरी प्रमुख अतिथी खत्रीको हातबाट विमोचन समेत गराएको थियो ।

Forest
Forest
Ad.

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी जिल्ला समन्व्य प्रमुख खत्रीले गुल्मी जिल्लामा संस्थागत बिद्यालयहरुको स्थापनाकर्ता त्यस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल दानबहादुर केसी गुल्मेली शैक्षिक क्षेत्रका नेता र गुरु भएको भन्दै सम्मान प्रकट गरेका थिए ।

सउनले बिद्यार्थीहरु पढ्न आउने होईन सिक्न आउने गरेको कुरा स्पष्ट पार्दै वर्तमान पिढीका विद्यार्थीहरुको मनोभावना अनुसार सिकाईमा जोड दिनु पर्ने धारणा राखेका थिए ।कार्यक्रमका बिशेष अतिथी शिक्षा विकास तथा समन्व्य अधिकारी थानेश्वर घिमिरे , रेसुङ्गा नगरपालिकाका शिक्षा विकास शाखा प्रमुख पिताम्बर पन्थी , रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थी लगातले पनि शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रिन्सिपल दानबहादुर केसीले बार्षिक प्रतिवेदन पेश गरेका थिए ।त्यस्तै बिद्यार्थीहरुको तर्फबाट कक्षा ९ छात्रा कृतिका खनालले पनि शुभकामना मन्तब्य राखेकी थिईन ।

कार्यक्रमा विभिन्न कक्षाका विद्यार्थीहरुले शिक्षक शिक्षिकाहरुले गित नृत्य मार्फत मनोरञ्जन समेत प्रदान गरेका थिए ।

Awareness by SKF

कार्यक्रममा त्यस विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, आजिवन सदस्य , बिशिष्ट चन्दाता र अभिभावकहरुको बिशेष आतिथ्ता रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षकद्धयः शर्मिला खनाल र केशव राज आचार्यको सञ्चालन रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

अमृता सेन्चुरी को बारेमा

गुल्मीकी सक्रिय पत्रकार हुन।

अमृता सेन्चुरी द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →