Smoking Causes Cancer

रोल्पामा एक महिलाको खोलामा शव फेला



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

रोल्पा , बैशाख २ । रोल्पाको वलीखोलामा एक महिलाको शव फेला परेको छ । जिल्लाको माडी गाउँपालिका ६ लाप्चुङ कोला घैराका भिमप्रसाद घर्ति मगरकी ४३ बर्षीया श्रीमती सुस्मिता घर्ति मगरको शव फेला परेको हो ।

श्रीमान घर्ति मगरले गत चैत्र २९ गतेकी श्रीमती हराएको उजुरी प्रहरीमा दिए लगत्तै प्रहरी चौकी भावाङबाट प्रहरी हवल्दार रामविलास चौधरीको कमाण्डमा खटिएको दुई जना प्रहरीले खोजतलास गर्दै जाँदा बैशाख दुई गते दिउँसो २.५० बजेको समयमा वलीखोलाको बिचमा शव घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय घर्तिगाउँका ईन्चार्ज प्रहरी निरीक्षक देवसिंह भण्डारीको कमाण्डमा ६ जनाको प्रहरी टोली खटिएको जनाईएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो