Clean Water Campaign

Awareness Campaign

बागलुङको ताराखोला गाउँपालिका-३ का वडा अध्यक्ष मृत फेला



लालु प्रसाद गैरे
५ महिना अगाडि


Awareness

Place for ads

बागलुङ: ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत फेला पर्नु भएको छ। भण्डारी बुधबार बिहान ११ बजेको समयमा आफ्नै घर नजिकै रहेको गोठमा काठको बलोमा झुण्डिएको अवस्थामा मृत फेला पर्नु भएको हो।

डोरीको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो।

ताराखोला प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक विष्णु प्रसाद शर्माको कमाण्डमा ४ जना र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख देवराज काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको उहाँको भनाइ छ।

सिंचाई
Forest
Ad.

झुण्डिनुको कारण नखुलेको विजय यादव बताउनुहुन्छ। गत स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित हुनु भएको थियो।‌

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो