Awareness

गुल्मीमा थपियो लकडाउन, कस्तो छ नयाँ ‘मोडालिटी’?

खबर प्रमुख खबर

Place for ads

गुल्मी: कोरोनाभाइरस महामारी नियन्त्रणमा आइनसकेको निष्कर्ष निकाल्दै गुल्मीमा निषेधाज्ञाको समय थपिएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

यसअघि जेठ मसान्त सम्म लकडाउन घोषणा गरिएको थियो। जिल्लामा गत बैशाख १८ गते रातिदेखि जारी हुँदै आएको लकडाउनको समय ३१ गते राती १२ बजे सकिदैछ। कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिव्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।

Get Vaccinated

जिल्लामा केहि लचिलो बन्दै निषेधाज्ञाको समयमा परिर्वतन गरिएको छ। यसअघि खाद्यवस्तु बेच्ने पसलहरु खोलीदै आएकोमा बैंक तथा वित्तिय संस्थाहरु पनि खोलिने समय तोकिएको छ।

निषेधाज्ञाका अवधिमा अत्यावश्यक उपभोग्य खाद्य वस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु, एग्रोभेट बिहान ७ देखि ११ बजेसम्म खुलाउन पाइने भएको छ।

वाणिज्य बैंक, विकास बैंक, बिमा कम्पनी, सहकारी बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन्। जिल्ला भित्र चल्ने निर्माण सामग्री, पुस्तक तथा कृषिजनय पदार्थ बोक्ने ट्रक, जिप र ट्याक्टर चलाउन पाइने भएको छ।

जिल्ला बाहिरबाट निर्माण सामग्री, पुस्तक, कृषिजन्य पदार्थ तथा खाद्यान्न ढुवानी गर्न दिइने छ तर तोकिएको नियम भने पालना गर्न पाइनेछ । निषेधाज्ञाको अबधीमा अत्यावश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ। अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन्।

Awareness by SKF

निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ। निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ।

उपर्युक्तानुसारको निर्णय कार्यान्वयन गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी वलका अतिरिक्त आवश्यकतानुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा २ बमोजिम नेपाली सेनाको समेत सहयोग लिने निर्णय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *