Awareness Campaign

रिडी-तम्घास सडकखण्ड एक महिना बन्द हुने



अनिल खत्री
२ दिन अगाडि


Place for ads

२३ चैत, गुल्मी: मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडकखण्ड एक महिना पूर्ण रुपमा बन्द हुने भएको छ ।

राजमार्गको रिडी–तम्घास सडक खण्डको पानी ट्यांकीदेखि राता माटासम्मको बाटो बन्द हुने मदन भण्डारी राजमार्ग, योजना कार्यालय गल्मीका प्रमुख इन्जिनियर रमेश चौधरीले बताए ।

सडक खण्डको ठुलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्ने, ग्रेड मिलाउने कार्यका लागि चैत २३ गतेदेखि वैशाख २२ गतेसम्म सडक पूर्ण रुपमा बन्द रहने चौधरीले बताए । यस समय अवधिमा वैकल्पिक सडकहरू प्रयोग गर्नका लागि कार्यालयले आग्रह गरेको छ ।

Forest
Forest
Ad.

उक्त सडकको विकल्पमा पानीट्याङकी थोर्गा, स्याल बिसौनादेखि रातामाटा सडक हुँदै रिडी, पिपलनेटा दिगाम, रिडी, लुम्छा, धरमपानी, दिगाम हुँदै रिडी र घुम्ती, चारपाला, खरज्याङ हुँदै रिडी सडकखण्ड प्रयोग गर्नका लागि कार्यालयले आग्रह गरेको छ ।

अहिले रिडी–तम्घास सडक स्तरोन्नतीको काम तीव्र गतीमा अगाडी बढेको छ । सडक ट्याक खुलेको ४३ वर्षपछि स्तरोन्नती भइरहेको छ । मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडी–तम्घास सडकको राजासम्म स्तरोन्नती गर्ने कार्य हुँदै आएको छ । सडकको २५ किलोमिटर क्षेत्रमा अहिले स्तरउन्नतीको काम तीव्र रुपमा भइरहेको छ ।

राजमार्गको ५५ प्रतिशत भौतिक प्रगती र ४५ प्रतिशत वित्तिय प्रगती भएको मदन भण्डारी योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलले बताए । निर्माण व्यवसायीले आउदो असारसम्म ८ किलोमिटर कालोपत्रे, ३ किलोमिटर ढलानको काम सम्पन्न गर्ने गरि काम अगाडी बढेको उनले बताए ।

बर्खासम्म २५ किलोमिटर क्षेत्रको नाली निर्माण र ग्राभेलको काम पनि सम्पन्न हुने इन्जिनियर पौडेलले बताए । सडकको कटिङ्गको काम सकिएकोे समानन्तर इलाइट जेभीले जनाएको छ ।

Awareness by SKF

सवारी साधनको वृद्धिसँगै पुरानो बाटोले साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक विस्तार हुँदैछ । पहिलो चरण २५ किलोमिटर सडक स्तरउन्नतीसँगै कालोपत्रे हुन लागेको हो ।

मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । २०७९ साल फागुन २८ गते सम्झौत भइ २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।

१ अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरोन्नती र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ। –अनलाइन खबर 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो