बुटवल, चैत्र २३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ। उनलाई यति एयरको विमानमार्फत भैरहवा ल्याइएको हो। गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई शुक्रवार उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै थुनामा राख्न आदेश गरेपछि प्रहरीले उनलाई गएराति पक्राउ गरेको थियो।
कारागार चलान गर्नुअघि अदालतमा उपस्थित गराउनुपर्ने भएकोले सार्वजनिक विदा पश्चात लामिछानेलाई अदालतमा पेश गरेर कारागार पठाइने रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए। उनका अनुसार शनिवार र आइतबार सार्वजनिक विदा रहेकोले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ। लामिछानेलाई एयरपोर्टबाट सिधै जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |