Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा चार महिनामै पक्की पुल निर्माण



ओझेलका खबर संवाददाता
२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी जिल्लाकै कैयौँ योजना निर्माण व्यवसायीले काम नगरेर अलपत्र परेका छन् । समयमै काम नगर्ने केही निर्माण व्यवसायीका कारण समग्र क्षेत्रप्रति नै गलत दृष्टिकोणसमेत बनिरहेको छ तर गुल्मीको अग्लुङ फेदीखोला पुल चार महिनामै निर्माण व्यवसायीले सम्पन्न गरेका छन्।

गुल्मीको पञ्चमीपोखरी–अग्लुङ हुँदै प्युठान जोड्ने सडकमा पुल निर्माण गरिएको छ । गत वर्ष जेठमा पुल सम्झौतापछि बर्सात सुरु भयो । त्यसपछि दसैँतिहार भएकाले काम भएन । मङ्सिर पहिलो हप्ता लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकाल र कृषि, भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री दिनेश पन्थीले शिलान्यास गर्नुभयो ।

त्यसपछि मङ्सिरदेखि फागुनसम्म चार महिनामा लगातार काम गरेर पुल निर्माण गरिएको निर्माण व्यवसायी विजय खनालले बताउनुभयो । समयमै काम गरे पनि सरकारले काम गरेको भुक्तानी नदिएको गुनासो उहाँले गर्नुभयो । । उहाँले चार महिनामा काम गरेको अग्लुङ फेदीखोला पुल साढे दुई करोड रकम भुक्तानी पाउन रहेको बताउनुभयो ।

Forest
Forest
Ad.

सडक पूर्वाधार कार्यालय गुल्मीमार्फत पुल निर्माणका लागि कमल–अर्जुन–सिटी जेभीले गत वर्षको जेठ ८ गते सम्झौता गरेको थियो । यो पुल भ्याटसहित चार करोड १४ लाख २९ हजार ९७९ रुपियाँको लागतमा सम्झौता भएको सडक पूर्वाधार कार्यालय गुल्मीका प्रमुख इन्जिनियर सचिदानन्द चौधरीले जानकारी दिनुभयो। -गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो