Clean Water Campaign

Awareness Campaign

रेसुङ्गा विमानस्थलबाट ३ महिनापछि फेरि सुरु भयो उडान



अनिल खत्री
४ महिना अगाडि


Awareness

Place for ads

१८ चैत, गुल्मी: रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि पुन: उडान सुरु भएको छ । गत पुस ४ गतेबाट उडान हुन नसकेको विमानस्थलबाट सोमबारदेखि उडान सुरु गरिएको स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।

सोमबार काठमाडौंबाट रेसुङ्गाका लागि १४ जना र रेसुङ्गाबाट काठमाडौंका लागि ४ जना सवार रहेको थापाले बताए ।

नेपाल एयरलायन्सको विमान मर्मतका कारण लामो समयसम्म नियमित उडान हुन सकेको थिएन । पहिले साताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको विमानले यात्रुको चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो ।

सिंचाई
Forest
Ad.

वर्षायाम सुरु भएपछि पछिल्लो समय साताको एक दिन शुक्रबार मात्रै उडान गर्ने गरी कार्यतालिका रहेको थियो ।

अहिले पुन: यात्रुहरुको चापलाई मध्यनजर गर्दै हप्ताको क्रकबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको छ ।

हाल गुल्मीबाट काठमाडौंका लागि ७ हजार ३०० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५०० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङगाबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गर्दछ ।

Awareness by SKF

हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तराष्ट्रिय पर्यटन भित्रिन थालेका छन् ।

गुल्मीको ऐतिहासिक, धार्मीक तथा पर्यटकीय स्थल रेसुङ्गा, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल र रुरुक्षेत्र घुम्न जान थालेका हुन् ।

विमानस्थलबाट गुल्मीका धेरै जसो वृद्ध, बिरामी, सुत्केरीलगायतका नागरिकले सेवा लिने गरेका छन्। -अनलाइन खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो