दुई स्थानमा चुनाव स्थगित हुँदा अनेरास्ववियुलाई घाटा
गुल्मी: गुल्मीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सबैभन्दा बढी पेचिलो र तीन प्रमुख दल कांग्रेस, एमाले र माओवादीका लागि निकै प्रतिष्ठाको विषय बनेको रानिवास स्थित श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा स्ववियु आज भएको निर्वाचनमा दुई प्रमुख दल कांग्रेस र एमालेका दुई विद्यार्थी संगठनको संयुक्त प्यानल नेवि संघ र अनेरास्ववियुलाई एक्लै हराउँदै माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जित हाँसिल गरेको छ। अध्यक्षमा विशाल थापा सहित क्रान्तिकारीको पुरै प्यानलले जित हाँसिल गरेको हो। त्यस्तै समानुपातिक तर्फ क्रान्तिकारीलै नै जित हाँसिल गरेको छ।
त्यस क्याम्पसका निर्वाचन अधिकृत लक्ष्मण प्रसाद उपाध्यायले दिएको जानकारी अनुसार खसेका कुल मत १०६ मध्ये अखिल क्रान्तिकारीका अध्यक्ष पदका उम्मेदवार विशाल थापा ६५ मत ल्याएर विजयी भएका छन। उनका प्रतिस्पर्धी नेवि संघ र अनेरास्ववियुका संयुक्त उम्मेदवार नेत्र प्रसाद ज्ञवालीले ४१ मत ल्याएका थिए।
त्यस्तै सचिव पदका उम्मेदवार क्रान्तिकारी कै पुष्पा कुँवरले ५३ मत ल्याएर विजयी भएकी छन। उनकी प्रतिस्पर्धी बिन्ध्या रानाले ४६ मत ल्याएकी थिईन। कोषाध्यक्षमा पनि क्रान्तिकारी कै सिर्जना बस्याल ५५ मत ल्याएर विजयी भएकी छन। उनका प्रतिस्पर्धी लक्ष्मी ज्ञवालीले ४९ मत ल्याएकी थिईन।
सदस्यहरुमा क्रान्तीकारी कै विपना थापा ६० मत, अप्सरा परियार ५६ मत, दया पौड्याल ५६ मत लिएर विजयी भएकी छन। त्यस्तै प्रतिस्पर्धी मनदिप श्रेष्ठले ४९, करिना सोमै ४६ र दिपा पन्थले ४४ मत ल्याएका थिए।
अखिल क्रान्तिकारीको त्यस क्याम्पसमा यो लगातार तेस्रो जित हो। यस अघि कहिले कांग्रेस निकट त कहिले एमाले निकट विद्यार्थी संघ तालमेल गरेर अध्यक्ष पद जित्दै आएको क्रान्तिकारीले यसपाली भने ति दुवै संगठन एकातिर क्रान्तिकारी एक्लै हुँदा पनि एक्लै पुरै प्यानल जित्न सफल भएको छ। २०७३ सालको स्ववियु निर्वाचनमा क्रान्तिकारीका किसन पाण्डेले अध्यक्ष जितेका थिए। २०७९ सालको निर्वाचनमा विशाल थापाले जितेका थिए भने अहिले पुनः उनै थापा अध्यक्षमा निर्वाचित हुन पुगेका छन।
प्रतिवद्धता जाहेर गदैै नवनिर्वाचित अध्यक्ष थापाले आफुले सुरु गरेका कामहरु सम्पन्न गर्ने र उपविजेता हुनु भएका सार्थीहरुलाई संगै लिएर क्याम्पसको बृहतर हितमा सक्रिय भईरहने प्रतिबद्धता जनाए।
विजेताहरुलाई प्रमाण पत्र वितरण गर्दै क्याम्पस प्रमुख चक्रपाणि शर्मा गौतमले क्याम्पसको बृहत्तर हितमा पुनः विशाल थापाको टिमले काम गर्ने छ भन्ने अपेक्षा राख्दै शुभकामना दिएका थिए।
क्याम्पसको तर्फबट विजेताहरुलाई सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रमका प्रमुख अतिथी रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले शुभकामना मन्तव्य दिँदै क्याम्पसको सर्वोपरी हितलाई केन्द्रमा राखेर अगाडी बढ्न विजेताहरुलाई सुझाव दिएका थिए। कार्यक्रममा त्यस पालिकाका उपाध्यक्ष मिनादेवि गौतम, त्यस पालिकाका प्रवक्ता तथा ५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवाली लगायतको विशेष आतिथ्यता रहेको थियो।
निर्वाचन अधिकृत तथा उपप्राध्यापक लक्ष्मण प्रसाद उपाध्यायको अध्यक्षता रहेको कार्यक्रममा उपप्रध्यापक पिताम्बर कँडेलको सञ्चालन रहेको थियो। निर्वाचित विद्यार्थीहरुले साँझ अबेर सम्म विजय जुलुस गरेका थिए।
जिल्लाका १२ क्याम्पस मध्ये ३ वटामा आज निर्वाचन हुँदै थियो। तर वामीटक्सारको रुद्रावती बहुमुखी क्याम्पसमा १५८ मत मध्ये १०२ मत खस्दा विवाद भए पछि अर्को सुचना नटाँगे सम्म निर्वाचन स्थगित भएको निर्वाचन अधिकृत लिलाधर घिमिरेले जानकारी दिए। रिडी बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा खसेको १४ मत मध्ये १० मत ल्याएर अनेरास्ववियुका धनबहादुर कुमाल विजयी भएका छन। क्रान्तिकारीकी सदिक्षा पौड्यालले ४ मत ल्याएकी छन। नेवि संघ अनेरास्ववियुको तलमेलमा नेतृत्व पाएको अनेरास्वुवियुको रुद्रावती र धुर्कोट परमानन्द बहुमुखी क्याम्पसको निर्वाचन स्थगित हुँदा एमाले निकट अनेरास्ववियुलाई अहिले सम्मको स्थितीमा घाटा परेको छ।
यद्यपी उसले दिगाम आदर्श क्याम्पसमा उषा पन्थको नेतृत्वमा त्यहाँको स्ववियु निर्विरोध निर्वाचित भएको छ। कांग्रेस निकट नेवि संघले भने रेसुङ्गा बहुमुखी क्याम्पस, जनज्योति क्याम्पस, चन्द्रकोट क्याम्पस, मानका टिकाराम बहुमुखी क्याम्पस, सत्यवती क्याम्पस र रुरु संस्कृत विद्यापिठमा निर्विरोध नेतृत्व निर्वाचित भई ६ वटा क्याम्पस जितेको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |