गुल्मी: गुल्मीका ११ क्याम्पस मध्ये ३ वटा क्याम्पसमा भईरहेको निर्वाचनको मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। रानिबास स्थित श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा कुल खस्नुपर्ने ११२ मत खस्नु पर्नेमा अहिले (१२.५७ बजे) १०२ मत खसेको निर्वाचन अधिकृत लक्ष्मण उपाध्यायले जानकारी दिए।
त्यस्तै रिडी क्याम्पसमा खस्नुपर्ने १७ मत मध्ये १३ मत खसेको र बाँकी ४ मतका लागि दुई बजे सम्म कुरिने क्याम्पस प्रमुख शंकर प्रसाद भट्टराईले जानकारी दिए।
त्यस्तै वामीटक्सारको रुद्रावती बहुमुखी क्याम्पसमा १५६ मध्ये एक सय मत खसेको विद्यार्थी नेता सुदिप खत्रीले जानकारी दिए।
जिल्लाको संस्कृत विश्वविद्यालय अन्तर्गत रुरु संस्कृत विद्यापिठ सहित ११ क्याम्पस मध्ये एउटा धुर्कोट परमानन्द भण्डारी क्याम्पसको निर्वाचन स्थगित भएको छ। अन्यमा निर्विरोध घोषणा गर्ने तयारी छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |