Smoking Causes Cancer

रेसुङ्गा क्याम्पसमा तीनवटै ठुला संगठनको साझा प्यानलबाट नेवि संघले लियो नेतृत्व



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

 गुल्मी, चैत्र २ । गुल्मी जिल्लाको शैक्षिक धरोहर भनेर चिनिने रेसुङ्गा बहुमुखी क्याम्पसमा जिल्लाका तिन ठुला पार्टी काग्रेस , एमाले, माओवादी सहित सबै क्रियाशिल दल निकट विद्यार्थी संगठनको संयुक्त प्यानलबाट नेवि संघले नेतृत्व लिने भएको छ ।

देशभर झै गुल्मीमा पनि सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ ( नेवि संघ ) र एमाले निकट अनेरास्वुवियुको तालमेल गर्ने ति दुई संगठनले निर्णय गरेका थिए । तर दलका नेता तथा शैक्षिक क्षेत्रका सरोकारवालाहरुले क्याम्पसको सर्वोपरी हितलाई मध्येनजर गरी अन्य क्याम्पसमा पनि साझा प्यानल बनाउने तर्फ अभ्यासरत छन । त्यही अभ्यासको प्रतिफल स्वरुप शनिबार सबै संयुक्त प्यानलबाट नेवि संघले नेतृत्व लिने गरी रेसुङ्गा  क्याम्सकोा स्ववियु निर्वाचिनको बिषय टुङ्गिएको नेकपा एकिकृत समाजवादीका जिल्लापार्टी अध्यक्ष श्रीराम महतले बताए ।
नेवि संघका केन्द्रिय सदस्य झविन्द्र पाण्डेका अनुसार शनिवार शौहार्दपुर्ण बातवरणमा जिल्लाकै शैक्षिक धरोहर रेसुङ्गा बहुमुखी क्याम्पसमा राजनैतिक वातबरण नविथोलिने गरी नेतृत्व पंक्ती बसेर साझा प्यानलबाट त्यस क्याम्पसमा निर्विरोध स्वविुयु कार्य समिति घोषणा गर्ने निर्णय भएको बताए ।
त्यस क्याम्पसका उपप्राध्यापक तथा स्ववियु निर्वाचन अधिकृत गोपाल प्र्रसाद पाण्डेले दिएको जानकारी अनुसार संयुक्त प्यानलबाट नेवि संघका सुदिप खत्री अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । सचिवमा अनेरास्ववियुका निशान टण्डन र कोषाध्यक्षमा नेवि संघ कै बिश्वास बञ्जाडे निर्विरोध भएका छन ।
सदस्यहरुमा नेवि संघकी अनिता पाण्डे, र खुमबहादुर खत्री , अनेरास्वुवियु क्रान्तिकारीका सागर सुनार, अनेरास्ववियुबाट सन्तोष भण्डारी , नेवि संघबाट सुष्मा पन्थी निर्विरोध भएका छन ।
त्यस्तै कार्य समितिमा समानुपातिकबाट नेवि संघका सुशिल पन्थी, बिशाल पाण्डे , अनेरास्वुवियुबाट अस्मिता सदा , विनिता कार्की र मुनाल अधिकारी, अनेरास्ववियु क्रान्तिकारीबाट प्रियांक पन्थी, र अमृता सुनार ( सेन्च्युरे ) निर्विरोध निर्वाचित भएका छन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो