Awareness Campaign

के यो मुलुक बिचौलियाहरुको मात्रै हो ? ः चन्द्र भण्डारी



ओझेलका खबर
३ घण्टा अगाडि


Awareness

Place for ads

 

गुल्मी , चैत्र १ । नेपाली कांग्रेस का नेता तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य डाक्टर चन्द्र भण्डारीले के यो मुलक पुँजिपति र विचौलियाको मात्रै हो ? भन्ने प्रतिप्रश्न गरेका छन । शुक्रबार इस्मा गाउँपालिकामा नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर २ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो प्रतिप्रश्न गरेका हुन ।

नेता भण्डारील् के यो मुलुक पुँजिपति, विचौलियाको मात्रै हो ? भन्ने प्रति प्रश्न गर्दै भने –‘ म पनि मेरै नेताहरु संग सन्तुष्ट छैन, म साढे पाँच बर्ष जेल गएको , पिटाई खाएको यीनैहरुलाई प्रधानमन्त्री , मन्त्री बनाउन होईन , य यिनीहरुले जसलाई मन्त्री बनाए पनि हुने जसलाई नियुक्ती गरे पनि हुने यो बन्द गरिनु पर्छ ।’

Forest
Forest
Ad.

मुलुक भित्रको नदिनालाबाटै देश बनाउन सकिन्छ , तर यहाँ नदिनाला किनारमा हामी बस्ने हामी , विपद खोप्ने हामी तर फाईदा जति लिने अरु भन्दै नेता भण्डारीले २ लाख देखि ५ लाख सम्मको शेयर सिमान्तकृत जनतलाई दिएर बिद्युत उत्पादन बढाई देश र जनतालाई समृद्ध बनाउन सकिने धारणा राखे ।

‘ हाम्रो पार्टीमा होस वा कम्युनिष्ट पार्टीमा होस ठुलाठुला घर बनाउनेहरु बढे । मन्त्री बनाउने र नियुक्ती जसलाई गराए पनि हुने ’– नेता भण्डारीले भने – यो प्रवृत्तिले हाम्रै पार्टी पनि ढल्छ । ’

 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य त्रैलोक्यप्रताप सेन, लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ , जिल्ला पार्टी सभापति खिलध्वज पन्थी, सचिव भगतसिंह खडका , विभिन्न तहका नेताहरु छन्दबहादुर पहराई , बिष्णुकुमारी सापकोटा , डाक्टर दामोदर भुसाल , प्रेम भण्डारी , महेन्द्र भण्डारी, महिला संघका जिल्ला अध्यक्ष लक्ष्मी पाण्डे लगायतले शुभकामना मनतव्य राखेका थिए ।

Awareness by SKF

कार्यक्रममा सो पार्टी निकट विभिन्न तहका जनप्रतिनिधी, पर्यवेक्षक र कार्यकर्ताहरुो ब्यापक सहभागिता रहेको थियो । सम्मेलनको अवसरमा नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिकाको उपमेयरमा विजयी अमृतादेवि कुँवर , इस्मा गाउँपालिकामा उपाध्यक्षमा विजयी पार्वती कुँवर , जिल्ला समन्व्य समितिमा विजयी सुनिता जिसी लगायतलाई सम्मान गरिएको थियो ।

क्षेत्रीय सभापति चन्द्रबहादुर महतको अध्यक्षता रहेको कार्यक्रमा उपसभापति झविन्द्र अर्यालको स्वागत मन्तव्य र सचिव अनिल बस्नेतको सञ्चालन रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो