Awareness Campaign

गुल्मीमा ९९ प्रतिशत किशोरीलाई लगाइयो एचपिभी खोप



रमेश विश्वकर्मा
१ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीमा लक्षित समूहका बालबालिका र किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ९९ दशमलव ७१ प्रतिशतले लगाएका छन्। माघ २२ देखि फागुन ६ गतेसम्म यस जिल्लाका सबै स्थानीय तहमा एचपिभी खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो।

जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार एचपिभी खोप अभियानअन्तर्गत दस हजार ८७४ बालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा दस हजार ८४३ बालिकालाई खोप लगाइएको छ । यस अभियानको क्रममा यहाँको रेसुङ्गा नगरपालिकामा १०२ दशमलव शून्य आठ प्रतिशतलाई खोप लगाइएको छ । यहाँ एक हजार ५३७ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा एक हजार ५६९ जनालाई खोप लगाइएको छ ।

मुसिकोट नगरपालिकामा एक सय दशमलव ४९ प्रतिशतलाई एचपिभी खोप लगाइएको छ । यहाँ एक हजार २२६ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा एक हजार २३२ जनालाई खोप लगाइएको हो । कालीगण्डकी गाउँपालिकामा एक सय दशमलव ८० प्रतिशत, सत्यवती गाउँपालिकामा एक सय एक दशमलव ९७ प्रतिशत, चन्द्रकोट गाउँपालिकामा दशमलव ९७ दशमलव ४४ प्रतिशत, इस्मा गाउँपालिकामा ९८ दशमलव ६७ प्रतिशत, मालिका गाउँपालिकामा एक सय दशमलव ९७ प्रतिशतले एचपिभी खोप लगाएका छन् ।

Forest
Forest
Ad.

त्यसैगरी मदाने गाउँपालिकामा ९९ दशमलव २१ प्रतिशत, धुर्कोट गाउँपालिकामा ९२ दशमलव ५० प्रतिशत, गुल्मीदरबार गाउँपालिकामा एक सय दशमलव ६२ प्रतिशत, छत्रकोट गाउँपालिकामा ९९ दशमलव ७५ प्रतिशत र रुरुक्षेत्र गाउँपालिकामा एक सय दुई दशमलव ३५ प्रतिशतले एचपिभी खोप लगाएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कक्षा ६ देखि १० सम्म पढ्ने छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई लक्षित गरेर सरकारले एचपिभी खोप अभियान सञ्चालन गरेको थियो ।

खोप अभियानलाई व्यवस्थित गर्नका लागि स्वास्थ्य कार्यालय गुल्मीले १८६ जना स्वास्थ्यकर्मी र ३७२ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो । यस अभियानमा जिल्लाका सामुदायिक १८५ र संस्थागत २५ गरी कुल २१० विद्यालयमा कक्षा ६ देखि दससम्म अध्ययनरतसँगै विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई खोप लगाइएको जनस्वास्थ्य अधिकृत आचार्यले बताउनुभयो। -गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो