Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा एक युवक मृत फेला



रमेश विश्वकर्मा
१० महिना अगाडि


Awareness

Place for ads

गुल्मी, फागुन ५ गते: गुल्मीमा एक जना युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ जोखुमका अन्दाजी ३२ वर्षीय ओम बहादुर राना मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आइतबार साँझ घरबाट कोहि कसैलाई जानकारी नगराई हिँडेका राना सोमबार दिउँसो ३:०० बजेको समयमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिनुभयो।

आफन्ति, घर परिवार, छरछिमेक मिली खोजतलास गर्दा सोही वडाको भुतेगैरामा बाटोदेखि करिब ५० मिटर तल खोल्सामा घोप्टो अवस्थामा मृत रहेको खबर वडा अध्यक्ष होम बहादुर थापाले प्रहरीलाई जानकारी गराउनुभएको थियो।

सिंचाई
Forest
Ad.

घटनाबारे प्रहरीले जानकारी पाउनासाथ प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक कमल बन्जाडेको कमाण्डमा तीन जनाको टोलीले घटनास्थल सुरक्षित गरी राखेको र तालुक ईलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक कपिल शाहीको कमाण्डमा पाँच जनाको टोली खटिई गएको र घटनाबारे अनुसन्धान कार्य भइरहेको डिएसपी दाहालले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो