Hi-Speed Computer

Awareness Campaign

कार्यसम्पादन मूल्यांकनमा गाउँपालिकातर्फ गुल्मीको धुर्कोट लुम्बिनी प्रदेशकै पहिलो



ओझेलका खबर संवाददाता
३ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गाउँपालिकातर्फ गुल्मीको धुर्कोट गाउँपालिका लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । आयोगले गरेको आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा धुर्कोट ७६.७ अंक प्राप्त गरी लुम्बिनीका ७३ गाउँपालिकामध्ये पहिलो बनेको हो ।

देशभरका ७५३ स्थानीय तहमध्ये धुर्कोट १० औं स्थानमा छ । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गर्छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्ष १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्यसंस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ । यो मूल्यांकन स्थानीय तहबीचको सकारात्मक प्रतिस्पर्धा भएको आयोगको भनाइ छ । आयोगका अनुसार कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरु मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गर्दछ ।

Forest
Forest
Ad.

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनीमा गाउँपालिकातर्फ उत्कृष्ट ३ पालिका गुल्मीकै छन् । गाउँपालिकामध्ये गुल्मीकै रुरुक्षेत्र ७६.२ अंक प्राप्त गरेर दोस्रो भएको छ भने छत्रकोट ७४.८ अंक प्राप्त गरेर तेस्रो भएको छ ।

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनीका सबै १०९ स्थानीय तहमध्ये उत्कृष्ट १० भित्र गुल्मीका मात्रै ५ स्थानीय तह परेका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ८०.१ अंक प्राप्त गरी लुम्बिनीमै पहिलो भएको छ । दोस्रोमा धुर्कोट र तेस्रोमा रुरुक्षेत्र छन् ।

चौथोमा ७५.२ अंकसहित कपिलवस्तुको बाणगंगा नगरपालिका, पाचौंमा गुल्मीकै छत्रकोट छन् । लुम्बिनीको छैठौ उत्कृष्ट अंक ल्याउने स्थानीय तहमा गुल्मीकै रेसुङ्गा नगरपालिका ७४.४ अंक, सातौंमा पाल्पाको तिनाउ ७४.२, आठौंमा पालपाकै बगनासकाली ७३.७, नवौंमा गुल्मीको मालिका ७३.६ र दशौंमा अर्घाखाचीको छत्रदेव गाउपालिका ७२.५ अंक रहेका छन् ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्य सम्पादन मूल्यांकन गरी अंक प्रदान गरिएको वित्त आयोगले जनाएको छ। -कान्तिपुर

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो