Awareness Campaign

पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गुल्मीमा



प्रेम सुनार
१ महिना अगाडि


       

Place for ads

गुल्मी, फागुन १: पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गुल्मीको मालिका गाउँपलिका आईपुग्नु भएको छ।

नेपाली सेनाको हेलिकप्टर अवतरण भए लगत्तै उहाँलाई मालिका गाउँपालिका   अध्यक्ष रेविराम अर्याल, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायतले स्वागत  गरेका थिए।

लगत्तै अध्यक्ष प्रचण्डले नवनिर्मित हेलिप्याड र मालिका पिस पार्कको उद्घाटन गर्नु  भएको थियो। त्यसपछि उहाँले मालिका गाउँपालिकाको नव निर्मित प्रशासकिय  भवन र तेस्रो मालिका रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत पालिका स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको छ। यहि अवसरमा मालिका तारा-२०८१ को  फाईनल अडिसन हुँदैछ। विजेतालाई अध्यक्ष प्रचण्डले पुरस्कार वितरण गर्ने पनि कार्यक्रम रहेको छ।

Forest
Forest
Ad.

पुर्व प्रधानमन्त्री प्रचण्डलाई स्थानीय लोक संस्कृति झल्किने झाँकीहरुले सम्मान गरिएको छ। कार्यक्रममा राष्ट्रिय सभा  सदस्य विष्णु कुमारी सापकोटा, माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पुर्वमन्त्री चक्रपाणि खनाल, सोहि पार्टीका प्रदेश  कमिटी अध्यक्ष तथा पुर्वमन्त्री सुदर्शन बराल, लुम्बिनी प्रदेश उपसभामुख मेनुका खाँण, पुर्व मन्त्री राम कुमारी झाँक्री, लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी दान बहादुर कार्की, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु बिर बहादुर कार्की, सिर्जना तरामु, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज  पन्थी, मालिका गाउँपालिकाका पुर्वअध्यक्ष रित बहादुर थापा, नेकपा एमाले मालिका गाउँ कमिटी अध्यक्ष शोभाखर गिरी सहित विभिन्न पार्टीका नेता तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको छ।

केहिबेर पछि अध्यक्ष प्रचण्डले सम्बोधन गरी धुर्कोट गाउँपालिकाको शहिद पार्क र जनयुद्ध पार्कको उद्घाटन गर्न जाने  कार्यक्रम रहेको छ।

मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालको अध्यक्षतामा चलिरहेको कार्यक्रममा उपाध्यक्ष उपेन्द्र अर्यालको स्वागत  मन्तव्य, प्रमुख प्रशासकीय अधिकृत कमल क्षेत्रीको धन्यवाद मन्तव्य र शिक्षक बुद्धि सागर अर्यालको सञ्चालन रहेको छ।

वरिष्ठ लोक गायक बोम बहादुर कार्की सहित विभिन्न कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनमय पारिएको छ।

Awareness by SKF

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →