Awareness Campaign

भ्रष्टाचारमाथि सरकारले आँखा चिम्लियो: वर्षमान पुन



ओझेलका खबर संवाददाता
१ महिना अगाडि


       

Place for ads

रासस, गुल्मी: माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले वर्तमान ओली सरकारलाई भ्रष्टाचारको संरक्षणकर्ता भन्दै आरोप लगाएका छन्।

शनिबार गुल्मीको चन्द्रकोट गाउँपालिकामा आयोजित माओवादी केन्द्रको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै पुनले गिरिबन्धु टी स्टेट, विभिन्न जग्गा प्रकरण तथा कम्बोडियाको टेलिकममा लगानीजस्ता मुद्दामा सरकारको भूमिकामाथि प्रश्न उठाए। “प्रधानमन्त्री ओलीले यी सबै काण्डहरूको छानबिन गर्नु पर्ने बेला भ्रष्टहरुलाई संरक्षण गरिरहनुभएको छ,” उनले भने, “यसले अन्य दलहरूलाई पनि बदनाम बनाइरहेको छ।”

पूर्वमन्त्री पुनका अनुसार, प्रचण्ड नेतृत्वको माओवादी सरकारले भ्रष्टाचारविरुद्धको अभियान अघि बढाएकै कारण सत्ताबाट बाहिरिनु परेको थियो। तर, सोही अभियानका कारण अहिले देशभर माओवादीप्रति जनलहर बढ्दै गएको उनले बताए। पुनले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको वास्तविक हकदार माओवादी केन्द्र रहेको दाबी गरे।

Forest
Forest
Ad.

“१० वर्षे सशस्त्र आन्दोलनबाट हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौं, यो जस माओवादीले लिनुपर्छ,” उनले भने। उनले माओवादी आन्दोलनले जनताका अधिकार स्थापित गरेको भन्दै त्यसलाई अझ मजबुत बनाउनुपर्ने बताए।अधिवेशनमा विशेष अतिथि लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बरालले चन्द्रकोटमा माओवादीको नेतृत्वमा विकासले गति लिएको दाबी गरे। उनले सडक, बिजुली, स्वास्थ्य जस्ता पूर्वाधार निर्माणमा माओवादीले महत्त्वपूर्ण भूमिका खेलेको बताए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सिर्जना तरामु, वीरबहादुर कार्की, जिल्ला संयोजक तेजेन्द्र सलामी, लुम्बिनी प्रदेश सदस्य युवराज केसी, लिला थापा, अशोक थापा, खुमबहादुर थापा, शेरबहादुर सर्तुङ्गी, महिला नेतृ कविता विक, सुमित्रा क्षेत्री लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम पार्टीका चन्द्रकोट गाउँकमिटी अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता, वडा नं. १ का वडाध्यक्ष घनश्याम खरेलको स्वागत मन्तव्य तथा सचिव गोकर्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो