Salime Malika Krishi Farm

Awareness Campaign

रेसुङ्गा माविको ५६ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न



शर्मिला चुँदारा
१० महिना अगाडि


       

Awareness

Place for ads

शर्मिला चुँदरा
गुल्मी , माघ २२: रेसुङ्गा माध्यमिक विद्यालय, तम्घास गुल्मीको ५६ औँ बार्षिकोत्सव समारोह तथा अभिभावक भेला सोमबार सम्पन्न भएको छ ।  बार्षिकोत्सव समारोहको प्रमुख अतिथी रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले उद्घाटन गरेका थिए ।

बार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयले ‘रेसुङ्गा ज्योती’ नामको किताब समेत प्रकाशन गरेको छ ।

बार्षिकोत्सवमा विद्यालयमा संचालन भएका विभिन्न खेलकुद प्रतियोगिताको पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी विभिन्न अक्षयकोषका छात्रबृत्ती वितरण, उत्कृष्ट अभिभावक सम्मान, कक्षा १० र १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान लगायतका कार्यक्रम सम्पन्न गरिएको थियो ।

सिंचाई
Forest
Ad.

बार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरुले पञ्जेबाजा बनाउनुका साथै भैरव नाँच समेत प्रदर्शन गरेका थिए । सरस्वती पुजाकै अवसर पारेर विद्यालयमा ४४ जना विद्यार्थीले अक्षरारम्भ समेत गरेका विद्यालयका प्रध्यानाध्यापक भागिरथ भण्डारीले जानकारी दिए । बार्षिकोत्सवमा विद्यालयमा सिभिल इन्जिनियरतर्फका विद्यार्थीहरुले पुल, हाइड्रोपावर, क्यालकुलेटरको सिस्टम, रिमोटबाट चल्ने सवारी साधन, विभिन्न व्याकरणका उपयोगी सामग्रीहरु पनि प्रदर्शन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी मेयर पन्थी, उप–प्रमुख अमृतादेवी कुँवर, ,निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे ,शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख थानेश्वर घिमिरे, जिल्ला प्रहरी कार्यालय तम्घास गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेल ,नेपाली सेना रामबाण गुल्मका गुल्मपति तिलक केसी ,सशस्त्र प्रहरी बल गुल्म३७नंम्बर गुल्मीका प्रहरी नायब उपरीक्षक पवन खड्का ,‌ रेसुङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख पिताम्बर पन्थी, रेसुङ्गा नगरपालिकाका वडा २ का वडा अध्यक्ष हिराबहादुर थापा , गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पन्थी , नागरिक समाजका अगुवा पदम प्रसाद पाण्डे लगायतका अगुवाहरुको बिशेष अतिथीको आशन बाट शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधी , अभिभावक, पत्रकार, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रध्यानाध्यापक राम बहादुर बस्नेतको संचालन रहेको थियो ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

शर्मिला चुँदारा को बारेमा

शर्मिला चुँदारा गुल्मीमा सक्रिय पत्रकार हुन्।

शर्मिला चुँदारा द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →