Smoking Causes Cancer

चन्द्रकोटको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ज्ञानोदय नमुना मावि मजुवा प्रथम



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

गुल्मी ,माघ १८: चन्द्रकोटको गुुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको कोे छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । यस पटक पनि प्रथम हुन सफल ज्ञानोदय नमुना माध्यामिक बिद्यालय मजुवा सहभागि टिमलाई त्यस गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले समाजिक सञ्जाल मार्फत बधाई  दिएइका छन ।

द्वितीय हुने उदय नमुना माध्यामिक बिद्यालय शान्तिपुर साथै निरन्तर परिणाम सुधार गर्दै तेस्रो हुने शारदा माध्यामिक बिद्यालय सराङ, चौथो हुन सफल ग्वाघा माध्यामिक बिद्यालय सहित नतिजा सुधारको लागी हर्राचौर माध्यमिक विद्यालय , सरस्वती माध्यामिक बिद्यालय वलिबाङ सहित सबै बिधालयहरुलाई हार्दिक बधाई । प्रतियोगिता सफल बनाउन निरन्तर क्रियाशील सबैमा हार्दिक आभार व्यक्त गर्दछु उनले यस्तो सामाजिक संजालमा लेखेका छन ।

१८ स्वर्ण , ७ रजत र ५ काश्य सहित कुल ३० पदक लिएर ज्ञानोदय माध्यामिक बिद्यालय मजुवा प्रथम भएको हो । त्यस्तै उदय माध्यामिक बिद्यालय शान्तिपुर १७ स्वर्ण , ६ रजत र ८ काश्य सहित कुल ३१ पदक लिएर दृतिय भएको हो ।  शारदा माध्यामिक बिद्यालय सारङ्ग ६ स्वर्ण , २ रजत र ४ काश्य सहित कुल १२ पदक लिएर तृृतिय भएको हो । त्यस्तै ग्वाघामाध्यामिक बिद्यालय ग्वाघा ४ स्वर्ण, ३ रजत र ३ काश्य सहित कुल १० पदक जितेर सन्तवाना पुरस्कार हाता परेको छ ।
विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथी जिल्ला समन्व्य प्रमुख द्रोणबहादृर खत्री, गाउँपालिका अध्यक्ष खत्री क्षेत्री, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी  त्यस पालिकाका प्रबक्ता तथा वडाध्यक्ष घनश्याम खरेल, प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल  लगायतले शिल्ड, मेडल , प्रमाण पत्र र नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो