Clean Water Campaign

Awareness Campaign

प्रेस सेन्टर गुल्मीको अधिवेशन माघ २० मा हुने



अमृता सेन्चुरी
७ महिना अगाडि


Awareness

Place for ads

अमृता सेन्चुरी 
गुल्मी, माघ १८: प्रेस सेन्टर नेपाल, गुल्मी शाखाले माघ २० गते साधारण सभा तथा अधिवेशन गरिने भएको छ । प्रेस सेन्टर नेपाल गुल्मीका अध्यक्ष तिलाचन पाण्डेले अधिवेशनलको तयारी तिव्र पारिएको बताए । नयाँ बन्ने नेतृत्वले पत्रकारिता क्षेत्रलाई सशक्त बनाउन र पत्रकारहरूको हकहितका विषयमा छलफल गर्न अधिवेशन उर्जा सावित हुने सेन्टरका नेताहरु बताउँछन ।

अधिवेशनमा प्रेस सेन्टरमा आवद्ध सबै पत्रकारहरुको सहभागिता रहनेछ भने अधिवेशनमा संगठनका भावी रणनीति र कार्ययोजनाबारे महत्वपूर्ण निर्णय गरिनेछ।पत्रकारिताको पेशागत सुरक्षाका साथै प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारका मुद्दा, न्यूनतम पारिश्रमिक लगायतका विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ। अधिवेशनका लागि आवश्यक तयारी तिब्र तयारीमा जुटिएको अध्यक्षको दावेदार मध्येका एक बर्तमान सचिव हुमकान्त पोखरेलले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

अमृता सेन्चुरी को बारेमा

गुल्मीकी सक्रिय पत्रकार हुन।

अमृता सेन्चुरी द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →