-अमृता सेन्च्युरी
गुल्मी, माघ १८: राष्ट्रिय जनमोर्चा गुल्मीको कालिगण्डकी गाउँपालिकामा केन्द्रिय सदस्य सहित ७० जना नेता ,कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन। केन्द्रिय सदस्य भिमबहादुर तरामु मगर, दर्जनौ प्रदेश र जिल्ला कमिटी सहित ७० जना राष्ट्रिय जनमोर्चाका नेता ,कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन।
शुक्रबार कालिगण्डकी गाउँपालिका ६ खडककोट स्थित एक समारोहका बिच नेता तरामु लगायतका नेता कार्यकर्ताहरुले माओवादी केन्द्र पार्टी बाटै नेपाली जनताले गरेको परिवर्तनको अपेक्षा पुरा हुने ठहर गरेको भन्दै ७० जना निकै पुराना नेता कार्यकर्ताहरुले राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गरी नेकपा माओवादी पार्टी प्रवेश गरेको घोषणा गरेका थिए ।
राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा पुर्व मन्त्री सुदर्शन बरालले पार्टीमा स्वागत गर्दै देशैभर विभिन्न पार्टीका नेता कार्यकर्ताहरुदले माओवादी केन्द्र रोज्दै प्रवेशको लहर चलेको बताएका थिए ।
परिवर्तनका लागि माओवादी केन्द्रले गर्दै आएको राजनैतिक संघर्षलाई क्रमशः नेपाली जनताले बुझ्दै आएको र थप बुझ्दै जाने नेता बरालको कथन थियो । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य लिलबहादु क्षेत्रीले , जिल्ला सदस्य अर्जुन ढकालले पनि स्वागत मन्तब्य राखेका थिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |