Clean Water Campaign

Awareness Campaign

शहीदको स्मृतीमा धुर्कोटले बनायो पार्क



ओझेलका खबर संवाददाता
७ महिना अगाडि


Awareness

Place for ads

– हुमाकान्त पोखरेल
गुल्मी, १६ माघ: गुल्मीमा शहीदको सम्मानस्वरुप उनीहरुको स्मृतीमा पार्क निर्माण गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाले पालिकाभित्रका तीनजना शहीदको स्मृतीमा पालिकाको केन्द्र बर्बोटमा पार्क निर्माण गरेको हो । तत्कालिन शासन व्यवस्थाको बिरुद्धमा लडेका शमशेर बहादुर खत्री, खिम विक्रम नेपाली र जेदुराम भण्डारीको स्मृतीमा पालिकाले झण्डै दुई करोड लगानीमा पार्क निर्माण गरेको हो।

०७४ सालको निर्वाचनमा भुपाल पोखरेल पालिका अध्यक्षमा निर्वाचित भएपछि पार्क निर्माणको काम अगाडी बढाएका थिए । ०७५ सालको अन्तिमबाट निर्माण सुरु भएको पार्क हाल निर्माण सम्पन्न भइसकेको छ । पहिलेको सानो पाखेरी र सुख्ख डाडोमा अहिले आकर्षक पार्क निर्माण गरिएको अध्यक्ष पोखरेलले बताए ।

पार्कमा हाल घुम्नको लागि विभन्न ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । पार्कभित्र बनाइएका विभिन्न बगैँचा, फुटपाथ, पानीको फोहोरा, बाघ, धुर्कोट दरबार लगायतका वस्तुहरुको प्रतिमा, लाइटिङ लगायतका संरचनाले पार्कलाई झनै आकर्षक बनाएको छ । पार्कभित्रै दुईवटा प्रतिक्षालय समेत निर्माण गरिएको छ भने अधिकाशं ठाउँमा दुबो लगाइएको छ । जसले पर्यटकलाई पार्कभित्रै समय कटाउन सहज भएको छ ।

सिंचाई
Forest
Ad.

पार्कमा बालबालिकाहरुको लागि दुइवटा साना र वयस्कहरुको लागि एउटा ठुलो पिङ निर्माण गरिएको छ । पार्कभित्र धुर्कोटको नगदेबालीको रुपमा रहेको सुन्तलाको प्रतिमा निर्माण गरिएको छ । त्यसैगरी धुपी लगायतका विभिन्न बिरुवाहरु लगाइएको छ । पार्कमा गेट, तारबार, गार्डरुम, टिकट काउन्टर, शौचालय, शहिदको शालिक राख्ने ठाउँ, फुटपाथमा इन्टरलक ब्लक लगाउने, रङ्गरोगन लगायतका संरचना निर्माणका समेत काम भएका छन् ।

भित्तामा विभन्न आकर्षक ढंगले चित्रहरु समेत बनाइएको छ । पार्कमा जाने पर्यटकको सवारीसाधन व्यवस्थापनको लागि ५० लाख लागतमा पार्किङ गर्न मिल्नेगरी ढलान गरिएको छ । त्यसैगरी पार्कको गेटमा शहिदहरुको नामावली समेत राखिएको पार्क संरक्षण समितिका अध्यक्ष गोपाल कुँवरले बताए।

पार्क निर्माणको लागि आ.व. ०७६/७७ मा एक करोड, ०७७/७८ मा ४० लाख, ०७८/७९ मा २० लाख तथा ०७९/८० मा ६० लाख गरी हालसम्म दुई करोड ३० लाखभन्दा बढी रकम खर्च भएको गाउँपालिकाका सब–इन्जिनियर कृष्ण बहादुर पहराईले जानकारी दिए । पार्कभित्रै शहीदको सम्मानस्वरुप मुर्ति राख्ने संरचना र त्यसमाथि शमशेर बहादुर खत्री, खिम बिक्रम नेपाली र जेदुराम भण्डारीको शालिक राखिएको छ । उक्त शालिकलाई फागुन १ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनावरण गर्ने कार्यक्रम रहेको छ ।

Awareness by SKF

को हुन तीनजना शहिद?
महिमान सिंह र कौशिल्यादेवी खत्रीको साइलो छोराको रुपमा वि.स. १९७९ सालमा साविकको मर्भुङ्ग गाविसमा शमशेर बहादुरको जन्म भएको थियो । भारतबाट म्याट्रिक पास गरेका खत्री २०१८ सालमा साविकको धुुर्कोट रजस्थलमा बसाई सरेका थिए । प्रजातान्त्रिक आन्दोलको क्रममा २०१९ साल जेठ १५ गते अम्मरपुरमा सभा गरिरहेको अवस्थामा राजा महेन्द्रको सुरक्षा भौजद्धारा उनको गोली हानी हत्या भयो ।

हत्यापछि टाउको काटेर उनकै सहयोगी दलबहादुर महतलाई बोकाएर गुल्मी जिल्लाभर परिक्रमा गराइएको थियो । उनको स्मृतीमा काँग्रेसले सदरमुकाम तम्घासमा शालिक स्थापना समेत गरेको छ भने उनका नाति शिब बहादुर खत्री ०७४ सालमा धुर्कोट गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी भएका थिए ।

खिम विक्रम नेपाली धुर्कोट गाउँपालिकाको पहिलो शहीद हुन् । आन्दोलनकै क्रममा पुर्कोेटमा तत्कालिन राज्यपक्षले गोली हानी उनको हत्या गरेका थिए । तर उनको जन्म र मृत्यु मिति भने खुलेको छैन । उनको नामबाट गाउँपालिकाले सडकको समेत नामाकरण गरेको छ । गाउँपालिकाकै वडा नम्बर ५ वस्तुका जेदुराम भण्डारीलाई पनि करिब ३५ बर्षको उमेरमा तत्कालिन सेनाले गोली हानी हत्या ग¥यो ।

उनी माओवादी निकट किसान संघ (क्रान्तिकारी)मा आवद्ध भई माओवादी आन्दोलनको पूर्णकालिन कार्यक्रता थिए । ‘देश र जनताका लागि आफ्नो बलिदान दिने शहिदको सम्मानमा पार्क निर्माण गरेका हौँ ।’ गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भने, ‘हाम्रा पुर्खाहरुबाट हामीले धेरै सिक्नुपर्ने छ ।’ उनले अहिले पार्कलाई पर्यटकीय गन्तव्य बनाई दुई जनालाई रोजगारी समेत दिएको बताए। -गुल्मी टुडे 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो