Clean Water Campaign

Awareness Campaign

पर्यटकीय आकर्षणको केन्द्र बन्दै गुल्मीको रेसुङ्गा



ओझेलका खबर संवाददाता
६ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी गुल्मीको धार्मिक, ऐतिहासिक तपोभूमी एवम् पर्यटकीय स्थल रेसुङ्गा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। पश्चिम क्षेत्रकै एक पवित्र स्थल रेसुङ्गाधाम धार्मिकसँगै पर्यटकीय गन्तव्य बन्दै गएको हो।

धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रेसुङ्गा पौराणिक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक रुपले प्रसिद्ध तीर्थस्थलका रुपमा परिचित छ । पछिल्लो समय पर्यटकको आकर्षण केन्द्र बनेको रेसुङ्गा हरियाली दृश्य हेरेर पर्यटक रमाउने गर्छन् । धार्मिक तथा पर्यावरणले महत्त्व बोकेको रेसुङ्गालाई विभिन्न भौतिक संरचना निर्माण गरी चिटिक्क पारिएको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि रेसुङ्गा नगरपालिकाले गत वर्षदेखि ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानको शुभारम्भ गरेको थियो । नगरपालिकाको यस अभियानले आन्तरिक तथा बाह्य पर्यटकहरु रेसुङ्गा क्षेत्रमा घुम्न आउने गरेका छन् ।

सिंचाई
Forest
Ad.

रेसुङ्गामा रहेको महापोखरीको पवित्र जल स्नान गरी पुण्यलाभ लिई महापोखरीस्थित पशुपति शिवलाय, भोलेनाथ मन्दिर, माथि रहेका गरुडस्थान, रामकुवा, यज्ञशाला मन्दिर, राधाकृष्ण मन्दिर, सिद्धस्थान मन्दिर र विष्णुपादुका लगायतको दर्शन गरी भ्युटावरबाट तम्घासबजारसँगै छिमेकी जिल्लाका गाउँबस्ती र हिमालहरुको सुन्दर दृश्यावलोकन गरी भरपुर आनन्द लिन सकिन्छ।

रेसुङ्गा क्षेत्रमा पछिल्लो समय चारैतिरबाट सडककको सहज पहुँच पुगेको छ । तम्घास बजारदेखि रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे भएकाले रेसुङ्गा पुग्ने पर्यटकलाई सवारीसाधनमा यात्रा गर्न सहज बन्दै गएपछि रेसुङ्गा पुग्ने धार्मिक पर्यटकको सङ्ख्यामा पनि समेत वृद्धि भएको छ। पर्यटनबाट समुन्नतिको आधार तय गर्न सकिने उहाँले बताउनुभयो। -गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो