Clean Water Campaign

Awareness Campaign

माओवादी केन्द्र धुर्कोटको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन



प्रेम सुनार
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, माघ ६: नेकपा  माओवादी केन्द्र गुल्मीको धुर्कोट गाउँ कमिटी तेस्रो अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ।

अध्यक्षमा पुन दोस्रो पटक चेतमान कुवर सर्वसम्मत चयन भएका छ्न ।  उनि  धुर्कोट  गाउँपालिका -१  का  वडाध्यक्ष  समेत  हुन  ।

२०६२  देखि  अन्य  पार्टि  परित्याग गरि  माओवादीमा  प्रवेश गरेका  कुवर  केहि  समय    शिक्षण  पेशामा  पनि  थिए  ।

सिंचाई
Forest
Ad.

प्राविधिक सहायक  कर्मचारीको  अनुभव समेत  सम्हालेका कुवर  धुर्कोटका बौद्धिक नेताहरु  मध्ये एक  गनिन्छ्न  ।

त्यस्तै उपाध्यक्षमा राजन पोखरेल, विष्णु सुनार , टिकाराम बिश्वकर्मा र तारा खनाल सर्वसम्मत चयन भएका छन ।

सचिबमा कोष बहादुर थापा , सहसचिवमा क्रमशः कृष्ण अधिकारी , शान्ता पाण्डे सरस्वती गैरे भण्डारी र कोषाध्यक्ष रमिला पुरी सर्वसम्मत निर्वाचित भएका छ्न ।

पदाधिकारी सहित ४५ धुर्कोट गाउँ कमिटी गठन भएको नवनिर्वाचित उपाध्यक्ष राजन पोख्रेलले जानकारी दिए ।

Awareness by SKF

हिजो अधिवेशनको केन्द्रिय उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुसालले उद्घाटन गरेकी थिईन ।

अधिवेशनमा केन्द्रिय सदस्य निम बहादुर पाण्डे , बिरबहादुर कार्की , लुम्बिनी प्रदेश सचिबालय सदस्य बुद्धि जिसि , जिल्ला पार्टी संयोजक तेजेन्द्र सलामी , लुम्बिनी प्रदेश सदस्य भुपाल पोख्रेल लगायतले सम्बोधन गरेका थिए ।

जिल्लाका १२ पालिका मध्ये गुल्मी दरबारमा पहिलो र धुर्कोटमा दोस्रो गाउँ कमिटी अधिवेशन सम्पन्न भएको सो पार्टीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →