Clean Water Campaign

Awareness Campaign

गुल्मीको रुरु स्थित अटिजम पाठशालामा अक्षयकोष स्थापना



ओझेलका खबर संवाददाता
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: अटिजम पाठशाला नेपाल रुरु क्षेत्र गाउँपालिका-१, रिडी रातामाटा, गुल्मीले आज एक कार्यक्रमका बीच संस्थामा अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष लक्ष्मीदेवी पन्थको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि भूमि आयोग गुल्मीका अध्यक्ष कृष्ण सुनार हुनुहुन्थ्यो।

रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज विकको विशिष्ट अतिथ्यता रहेको कार्यक्रममा जग्गादाता तथा गुल्मी जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष तुलसीकुमारी श्रेष्ठ, संस्थाका आजीवन सदस्य तथा रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष रामलाल विक, पशुपति अमात्य स्मृति अक्षयकोषका संस्थापक तेजकुमारी अमात्य, समाजसेवी ओम प्रसाद अमात्य, राजन प्रसाद अमात्य, उत्सव अमात्य, प्रतिमा अमात्य, गुल्मी जिल्ला समाज युकेका राजु राणा मल्ल लगायत संस्थाका स्वयंसेवक, अभिभावक तथा अटिजम अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा चितवन जिल्ला खैरहनी नगरपालिका वडा नम्बर ७ स्थायी घर भई हाल रसिया बस्नुहुने टेकराज निरौला एवं सपरिवारद्वारा अटिजम पाठशाला नेपाल गुल्मीको सञ्चालन तथा सम्बर्धन हेतु पूज्यआमा स्वर्गीय जशोधा देवी निरौलाज्यूको पुण्य स्मृतिमा रु १ लाख रुपैयाँको अक्षय कोष रकमको चेक संस्थाको सेवामा समर्पित आदरणीय उत्सव प्रसाद अमात्यले हस्तान्तरण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको सहयोगमा निरन्तर जुट्ने प्रतिबद्धता जनाउनुभयो।

प्रमुख अतिथि कृष्ण सुनारले गुल्मी जिल्लामा स्थापित भई संस्थाले दिएको सेवाको प्रशंसा गर्नुभयो। उक्त अवसरमा तनहुँ जिल्ला स्थायी घर भई बेल्जियम बस्नुहुने जमुना गैरे बास्तोलाले अपाङ्गता भएका व्यक्तिहरूको सेवाका लागि रु १० हजार र काठमाडौँ महानगरपालिका निवासी समाजसेवी सुधिर श्रेष्ठले रु १० हजारको अक्षयकोष स्थापना गर्नुभयो।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष लक्ष्मीदेवी पन्थले केन्द्र,  प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्न अपिल गर्नुभयो। कार्यक्रम संस्थाका स्वयंसेवक विष्णुप्रसाद भण्डारीले सञ्चालन गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो