Awareness

Musikot Mahotsav

खेल क्षेत्रमा आत्मबोध माविको आत्मबल बढ्दो, फेरी चुम्यो राष्ट्रपति रनिङ शिल्ड कप



प्रेम सुनार
५ घण्टा अगाडि


Place for ads

गुल्मी, पुस २९: गुल्मीको छत्रकोट गाउँपालिकाको खर्ज्याङ स्थित आत्मबोध माध्यमिक विद्यालयका विद्यार्थीहरुको खेलकुद क्षेत्रमा आत्मबल बढ्दै गएको छ।

Snow
Forest
Ad.

त्यस पालिकाले हरेक बर्ष आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्डकप प्रतियोगितामा लगातार ६ पटक सम्म आत्मबोध मावि खर्ज्याङ प्रथम भई दुई पटक सम्म राष्ट्रपति शिल्ड कपको उपाधी हात पार्न सफल भएको छ।

त्यस विद्यालयले अघिल्लो तीन बर्षमा लगातार ३ पटक सम्म प्रथम भएर शिल्ड कप चुम्न सफल भएको थियो भने पछिल्लो ३ बर्षको अन्तिम अर्थात ७ औँ राष्ट्रपति रनिङ्ग शिल्डकप २०८१ मा पनि प्रथम भई दोश्रो पटक पनि शिल्ड कप अफ्नो पोल्टामा पार्न सफल भएको छ।

छत्रकोट गाउँपालिकाले प्रथम राष्ट्रपति शिल्डकप रनिङ्ग शिल्ड कप प्रतियोगिता २०७५ सालमा आयोजना गरेको थियो। त्यति बेला आत्मबोध माध्यमिक विद्यालय दोश्रो भएको थियो। त्यस यता उ पछाडी फर्केर हुर्नु परेको छैन।

दोश्रो देखि लगातार यसपालीको ७ औं राष्ट्रपति शिल्डकपमा आई पुग्दा समेत पछिल्लो ३ बर्षमा पनि लगातार प्रथम भई दोश्रो पटक राष्ट्रपति रनिङ्ग शिल्ड कप चुम्न सफल भए पछि सिङ्गो विद्यालय परिवार निकै उत्साहित बनेका छ्न।

त्यस विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद ज्ञवालीले लगतार छैठौँ पटक पनि राष्ट्रपति शिल्डकप जित्न सफल भएको प्रति आफुहरु निकै उत्साहित भएको बताए।

Awareness by SKF

‘पहिलो पटक दोश्रो पुरस्कार मै चित्त बुझाउनु परेको थियो,’ प्रधानध्यापक ज्ञवालीले भने, ‘त्यस यता हाम्रो बिद्यालयले लगतार ६ पटक सम्म प्रथम भएको छ र दोश्रो पटक पनि राष्ट्रपति शिल्डकप जित्न सफल भएको छ।’

त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज पाण्डले समारोहलाई सम्बोधन गर्दै विद्यालयको तर्फ सबै संग खुशी बाँडेका थिए। छत्रकोट गाउँपालिका शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यले प्रतियोगिताको सहजिकरण गरेका थिए।

यहि पुस २६ गते देखि सुरु भई २८ गते सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्डकप प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स तर्फ ट्रयाक तथा फिल्ड गरी विभिन्न २८ ईभेन्टमा खेल प्रतियोगिता भएको थियो।

जसमा आत्मबोध मावि खर्ज्र्याङ्गले ८ स्वर्ण, ८ रजत र २ काश्य गरी कुल १८ पदक सहित प्रथम हुन सफल भएको हो। जनजागृति मावि हुँगा ७ स्वर्ण, १ रजत र ४ काश्य सहित १२ पदक लिएर दोश्रो भएको छ।

त्यस्तै ३ स्वर्ण ३ रजत र ३ काश्य सहित ९ पदक जितेर २०७५ सालको प्रतियोगितामा प्रथम भएको श्रृंगा जनता मावि तृतिय पुरस्कारमा चित्त बुझाउनु परेको छ ।

विजेता टिम र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई आयोजक संस्थाका महानुभाव र विशिष्ट अतिथीहरुले शिल्ड मेडल प्रमाण पत्र साथै प्रथमलाई २५ हजार नगद पुरस्कार, दृतियलाई २० हजार र तृतियलाई १५ हजार नगद पुरस्कार वितरण गरेका थिए।

खेलमा १४ वटा विद्यालयका ५११ जना विद्यार्थीहरु सहभागि थिए। प्रतियोगितमा त्यस पालिकाले प्रति विद्यार्थी एक लाख बराबरको दुर्घटना बिमा समेत गरिदिएको शाखा प्रमुख आचार्यले बताए।

प्रतियोगिताको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डले उद्घाटन गरेका थिए। समारोहलाई अध्यक्ष पाण्डे, उपाध्यक्ष सावित्रा ज्ञवाली, त्यस पालिकाका पुर्व अक्ष्यक्ष मधुकृष्ण पन्त, पुर्व उपाध्यक्ष नर्मदा भण्डारी, प्रमुख प्रशासकिय अधिकृत रुद्रहरि पुरी लगायतले मन्तव्य राखेका थिए।

पालिकाको तर्फ खेल प्रवर्द्धन समितिका अध्यक्ष झकबहादुर मिदुन, वडा नम्बर १ का वडाध्यक्ष घनश्याम पाण्डे लगायतका जनप्रतिनिधी, कर्मचारी र शिक्षक स्टाफहरुको सहभागिता थियो। प्रतियोगिता निकै रोञ्माचक रुपमा सम्पन्न भएको थियो।

उद्घाटन देखि समापन कार्यक्रममा विभिन्न झाँकी, भजन किर्तन र बाजातालको नाचगान सहित भव्य मनोरञ्जन प्रदान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रुद्रहरी पुरीको स्वात मन्तव्य र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यको सञ्चालन रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →