Clean Water Campaign

Awareness Campaign

आज देखि हिन्दु नारीहरुको श्रीस्वस्थानी व्रत सुरु



ओझेलका खबर
६ महिना अगाडि


Awareness

Place for ads

 

 

गुल्मी २९  पुस  ।आज देखि हिन्दु धर्ममा आश्था राख्ने नारीहरुको एक महिना लामो श्रीस्वस्थानी व्रत सुरु भएको छ ।  पौष २९ सोमबार शुक्ल पूर्णिमाबाट आरम्भ भई माघ ३० गते पूर्णिमाको दिन श्रीस्वस्थानी व्रत  समापन हुने गर्दछ ।

सिंचाई
Forest
Ad.

यस अवधिभर व्रत  बस्दै श्रीस्वस्थानी व्रत कथा सुन्नाले सत्धर्म र सत्कर्मको बाटोमा अगाडि बढिन्छ भन्ने जनबिश्वास रहदै आएको छ ।

सत्य युगमा हिमालय पर्वत पुत्री पार्वतीले श्रीमहादेव पति पाऊँ भनी श्री स्वास्थानी माताको व्रत बसेको र प्राप्ति भएको बाट आम हिन्दु नारीह्ररुयो व्रत बस्ने प्रचलन सुरु भएको पाईन्छ ।

पछिल्लो चरण हिन्दु धर्ममा आस्था राख्ने विवाहित महिलाहरु श्रीमान छोराछोरीहरुको सुस्वास्थ्य , दीर्घायु, , आफ्नो घरमा प्रगति सुख शान्ति प्राप्ति होस् र सिङ्गो परिबारको मनोकामना, पुरा होस भन्ने अभिलाषाका साथ व्रत बस्दछ्न ।

त्यस्तै अबिबाहित नारीले पनि राम्रो वरको कामना गर्दै पढाई सहितको सुन्दर भबिश्यको अभिलाषा राख्दै व्रत बस्ने गर्दछ्न ।  पुराणमा वरण गरिए अनुसार व्रत सुरु हुनु भन्दा एक दिन अगाडी हात गोडाका नङ काटी पवित्रम  मनोभावनाका साथ दिनमा एक छाक मात्र भोजन गरी व्रत बस्नुपर्छ ।

Awareness by SKF

पौष शुक्ल पूर्णिमाका दिन नदि , खोला पानी पथेरो वा तलाउमा नुहाई सके पछि पूजा गर्ने थलोमा बसेर शुद्ध जलले अभिषेक गरी एक महिनालाई पुग्ने पूजा सामाग्री तिल, जौ, कुश, अबिर, बाती, जनै, सुपारी तयार पारि आजदेखि म एक महिना श्रीस्वस्थानी परमेश्वरको व्रत आरम्भ गर्छु भनी दृढ सङ्कल्प गरी व्रत शुभारम्भ गरिनु पर्छ ।

व्रत अवधिभर प्रत्येक दिन बिहान सूर्योदयलाई  जल चढाउदै स्नान गर्नुपर्दछ ।  व्रत पूजाका निम्ति तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिव लिङ्ग बनाई स्थापना गरिनु पर्छ । त्यस्तै बेलीपुष्प, यज्ञसूत्र, तिल, जौ, पान, सुपारी, बाती र फलफूल चढाइ पूजा गरिनु पर्छ ।

एक महिनाको अवधिभर झैझगडा, दुर्वाच्य बोल्नु तथा नराम्रो कुरा सोच्नु हुँदैन । प्रत्येक दिन उठी नित्य कर्म गरी भगवतीले मलाई शक्ति प्रदान गर्नुहोस्, मनका इच्छाहरू पुरा होस भनी श्रीस्वस्थानीको पूजा गर्ने तथा मध्यान्ह भएपछि कथा सुन्ने सुनाउने कार्यमा सहभागी हुने गरिन्छ ।

यस अबधिभर रेडियो , टेलिभिजनमा पनि श्रीस्वस्थानी व्रत कथा वाचन गर्ने गरिन्छ ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो