Awareness

Musikot Mahotsav

परोपकार बहुउद्देश्यीय सहकारी संस्था वामीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न



सागर भण्डारी
२ दिन अगाडि


Place for ads

गुल्मी: परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मुसिकोट नगरपालिका-७, वामीटक्सार गुल्मीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको प्रांगणमा आयोजित कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनको प्रमुख आतिथ्यता रहेको थियो ।

Snow
Forest
Ad.

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खरेलले पछिल्लो समय सहकारीहरुप्रतिको अविश्वास बढ्दै गईरहेको भन्दै त्यसलाई चिर्दै सहकारीले उत्कृष्ट कार्य गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहकारीका अध्यक्ष अर्जुन सिंह ठकुरीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सिमित शेयरसदस्यहरुबाट २०४९ सालमा दर्ता भई सुपथ मूल्य पसलबाट कारोबार सुरुवात भएको सहकारीले २०६३ सालमा डिभिजन सहकारी कार्यालयमा दर्ता भई परोपकार बहुउद्धेश्यीय सहकारी संस्थाको रुपमा दर्ता भई लघु जलविद्युत उत्पादन र वितरण सहित दैनिक बचत संकलन लगायतका काम गर्दै आएको बताउनुभयो । हाल सहकारीमा १९५० जना शेयर सदस्यहरु आबद्ध रहेको र संस्थाले १ सय ३५ किलोवाट विद्युत उत्पादन गरिरहेको बताउनुभयो ।

संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक लोकमणी अर्यालले आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थागत पुँजी ४ करोड ५५ लाख ७ हजार १ सय १५ रुपैयाँ रहेको बताउनुभयो । जसमध्ये चुक्ता शेयर पुँजी ३ करोड ४९ लाख ६३ हजार ८ सय ८४ रुपैयाँ, जगेडा कोष रकम १ करोड ५ लाख ४३ हजार २ सय ३१ रुपैयाँ, कुल सम्पति रकम ६ करोड ७४ लाख ९३ हजार ४ सय १७ रुपैयाँ रहेको बताउनुभयो ।

सहकारीले १ करोड १४ लाख ७९ हजार ६ सय ७७ रुपैयाँ ऋण लगानी गरेको छ भने १ करोड ७३ लाख २६ हजार ८ सय ९७ रुपैयाँ बचत रहेको छ । त्यस्तै सहकारीले चालु आ.वमा १६ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ नाफा गरेको छ ।

कार्यक्रममा ऋण समितिका संयोजक तेजिन्द्र जिसीले ऋण लगेका सदस्यहरुले समयमै ऋण तिर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले, नेपाली काँग्रेस नगर कार्यसमिति गुल्मीका सभापति झविलाल भण्डारी, संस्थाका पूर्व अध्यक्ष गोपीकृष्ण खरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहकारीका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव राम बहादुर बोहोराले गर्नुभएको थियो । सहकारीको मुसिकोट नगरपालिकाको वडा नं १ देखि ९ सम्म र बडिगाड गाउँपालिकाको वडा नं २ कार्यक्षेत्र रहेको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो