पुस २२ अर्घाखाँची । अर्घाखाँचीको प्रहरीले दुई अलग अलग स्थानमा चेक जाच्का क्रमना दुई दिनको अवधीमा लागु औषध सहित पाँच जना पक्राउ परेका छन् । द
पुस २० गते सन्धिखर्क नगरपालिका वडा नम्बर १०, बिहार भन्ने स्थानमा प्रहरीले चेकजाँच गर्दा सोही पालिका वडा नम्बर –१ का प्रतिक भनिने शिलबन्दु कँडेललाई लागु औषधसहित प्रहरीले पक्रेको हो ।
२४ वर्षिय कँडेलको साथबाट पाँचसयको नोटमा लुकाई राखेको अवस्थामा ३६० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै सन्धिखर्कमा बुटवलबाट आउँदै गरेको हाईस चेकजाँचको क्रममा लागु औषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
पक्राउ पर्नेमा सन्धिखर्क–१० का २१ वर्षिय कमल प्रसाद खत्री, सन्धिखर्क–१ का २० वर्षिय सुरज कुमाल, २० वर्षिय सुजन नेपाली र १९ वर्षिय सुमित रा डिएसपी चक्र बहादुर मल्ल यमाझी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्र बहादुर मल्लले जानकारी दिए ।
उनिहरुको साथबाट १३० मिलिग्राम ब्राउन सुगर नामक लागु पदार्थ फेला परेको हो । पाँचै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान भ रहेको डिएसपी मल्लले बताए ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |