बासुदेव पोखरेल
गुल्मी २० पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धुर्कोट गाउँपालिका वडा नम्बर ४ को वडा सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको सम्मेलनबाट लक्षमण विकको अध्यक्षतामा २५ सदस्यिय वडा कमिटीको घोषणा गरिएको छ ।
जसको उपाध्यक्षमा फर्सुराम अधिकारी र गीता पोखरेल, सचिवमा विष्णु बहादुर नेपाली, कोषाध्यक्षमा रामप्रसाद पोखरेल र सह–सचिवमा कृष्ण नेपाली निर्वाचित भएका छन् । नवनिर्वाचित कमिटीलाई पार्टीका गाउँकमिटी अध्यक्ष चेतमान कुँवरले शपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका धुर्कोट गाउँपालिका अध्यक्ष तथा पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य भुपाल पोखरेलले अहिले पालिकाले गरिरहेका काम, समाज परिवर्तनमा माओवादीले खेलेको भूमिका, पार्टीका आगामी कार्ययोजना लगायतको बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा पार्टीका धुर्कोट इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्य गोपाल कुँवर, गाउँकमिटी अध्यक्ष चेतमान कुँवर, दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष राजु विक, अनेमसंघ क्रान्तिकारीकी नेतृ तारा खनाल, पार्टीको जिल्ला समन्वय समिति सदस्य विर बहादुर कुँवर, राजन पोखरेल लगायतका नेताहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा धुर्कोट गाउँकमिटी सदस्य तथा वडा इन्चार्ज टंक पोखरेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा निर्वाचन मण्डलको संयोजकको जिम्मेवारी लक्ष्मी खनालले गरेका थिए । कार्यक्रमकै अवसरमा वडाका ज्येष्ठ कम्युनिष्ट सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |