Clean Water Campaign

Awareness Campaign

बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापालाई उत्कृष्ट जनप्रतिनिधिको सम्मान



ओझेलका खबर
८ महिना अगाडि


Awareness

Place for ads

१९ पुस, गुल्मी:  छिमेकी जिल्ला बाङ्ग्लुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी “शी लिड्स आइकन” अवार्ड २०८१ ले सम्मानित भएकी छ्न ।

स्थानीय तहका महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई मुल्यांकन गरि थापालाई ‘शी लिड्स आइकन’ अवार्डले सम्मान गरिएको हो ।

स्थानीय तहबाट प्राप्त एक सय ४० आवेदन मध्ये निर्णायक मण्डलद्वारा छनौट गरिएका २७ प्रेरणादायी महिला जनप्रतिनिधिबाट उत्कृष्ट तीन जनालाई ‘आइकन’ अबार्ड घोषणा गरिएको थियो ।
जसमा बडिगाड गाउँपालिका अध्यक्ष थापा , बाजुराको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा र बैतडीको सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी क्रमशः उत्कृष्ट अवार्डल्र प्रधानमन्त्री केपी शर्मा ओलिबाट शुक्रबार काठमाण्डौमा आयोजित बिशेष समारोमा सम्मानित भएका हुन।

सिंचाई
Forest
Ad.

कार्यक्रममा ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता’ जस्ता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउएकोले उनिहरुलाई उत्कृष्ट तिनमा छनौट गरिएको आयोजक कल्प इम्पायर वैमेन नेपालले जनाएको छ ।

महिला सशक्तीकरण, उद्यमशीलता, र नेतृत्व विकासमा प्रवद्धन गर्न आयोजना गरिने यो कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधिको सशक्त भूमिका उजगार गर्ने र आम महिलालाई प्रेरणा दिने आयोजकले अपेक्षा गरेको छ ।

स्थानीय तहको निर्वाचन पश्चात देशभर रहेका महिला जनप्रतिनिधिहरुमध्येबाट बर्षेनि कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट गर्ने तिन जना महिला जनप्रतिनिधिहरु सम्मान गरिदै आएको छ।

Awareness by SKF

उक्त अवार्डको निर्णायक मण्डलका रुपमा राजनीति क्षेत्र तर्फ अष्टलक्ष्मी शाक्य , सामाजिक क्षेत्रमा सरु जोशी र संचार क्षेत्रमा चारु चङ्गा हरेक प्रदेशबाट उत्कृष्ट महिला जनप्रतिनिधि चयन गर्ने भुमिकामा थिए ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो