गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-७, वामीटक्सार बजारमा जारी दोस्रो मुसिकोट महोत्सव तथा औधोगिक एवं व्यापार मेला पाँचौ दिन पनि जारी रहेको छ।
पाँचौ दिन मंगलबार भलिबल प्रतियोगताका फाइनलका खेलहरु सम्पन्न भएका छन् । जसमध्ये मुसिकोट युवा क्लव प्रथम, गलकोट भलिबल समुह द्धितिय र कालिका हार्डवेयर तृतीय भएको खेलकुद संयोजक लक्ष्मण फुल्लेलले जानकारी दिनुभयो । प्रतियोगीताको उपाधि जितेको मुसिकोट युवा क्लवले गलकोटलाई ३–० को सोझो सेटमा हराएको थियो ।
प्रतियोगीतामा मुसिकोट युवा क्लवका विवस आलेले बेस्ट सेटर, गलकोट समुहका रेशम छन्त्यालले बेस्ट सर्भर, मुसिकोट युवा क्लवका राजन दर्लामीले बेस्ट लिबिरो, सोही क्लवकै हिमाल सुनारी बेस्ट ब्लकर, कालिका हार्डवेयरका चिरन हमाल बेस्ट स्पाइकर, सोही समुहकै विशेष मल्ल ठकुरी बेस्ट राईजिङ प्लेयर र मुसिकोट युवा क्लवका सञ्जु विक्रम शाहले वेस्ट प्लेयरको उपाधी जितेका छन्।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु लोक तथा दोहोरी गायिका विमिता घर्ती मगर, रितु शाही, अर्जुन कौशल, दिनसा डान्स ग्रुप लगायतको सांस्कृतिक प्रस्तुती रहेको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ८ को सोरठी नृत्य प्रस्तुत गरिएको प्रचार प्रसार समिति संयोजक बसन्त अधिकारीले जानकारी दिनुभयो । गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको आयोजनामा पौष १२ देखि सुरू भएको महोत्सव २१ गतेसम्म संचालन हुनेछ ।
महोत्सवमा जिल्लामा रहेका साना तथा मझौला उद्योगबाट उत्पादन हुने सामग्रीहरूको प्रदर्शनी, कृषि प्रर्दशनी, शैक्षिक प्रदर्शनी, खुल्ला भलिबल प्रतियोगीता सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।
महोत्सवमा विभिन्न औधोगिक क्षेत्रबाट उत्पादित सामग्री सँगसँगै गुल्मी जिल्लाका विभिन्न जाति विशेषका खानाका परिकार, विविध संस्कृति झल्कने झाँकी दैनिक रुपमा प्रस्तुत गरिने गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष गोपीकृष्ण खरेलले बताउनुभयो।
बुधबार छैठौँ दिन लोक भजन प्रस्तुती सहित गायक धिरज राई, नासिम खान, प्रशान्त मिष्ट लगायतको प्रस्तुती रहनेछ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |











