Smoking Causes Cancer

टिपर दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु



ओझेलका खबर
२ वर्ष अगाडि


Place for ads

 

गुल्मी , पुस १३  ।  गएराती गुल्मीको सत्यवती गाउँपालिकामा टिपर दुर्घटना हुँदा जनाको ज्यान गएको छ । एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

रिडीबाट पुर्तिघाट तर्फ जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिका – २ को पाहादीस्थित कालिगण्डकी करिडोरमा दुर्घटना हुँदा टिपर चालक पाल्पाको रैनादेवि छहरा गाउँपालिका – १  निवासी २४ बर्षिय श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी) राजन भुजेले जानकारी दिए ।

टिपर दुर्घटनामा गम्भीर घाइते कुमालको उपचारको लागि जोहाङ्ग प्राथमिक उपचार केन्द्रमा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको एसपी भुजेलले बताए । दुर्घटनामा परि सल्यानको बनगाउ- ७ बस्ने २३ वर्षका मोहन जैसी सामन्य घाइते भएका छन् ।

सिंचाई
Forest
Ad.

दुर्घटनामा परेको टिपर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो