दाङ । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । लमही नगरपालिका ४ भरिपुर निवासी २६ वर्षीय गणेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिए ।
प्रहरीका अनुसार पुर्व–पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका–७ पदमिनि खोला नजिकै लु १ ख ९३५२ नम्बरको ट्रकले सोही दिशातर्फ जादै गरेको लु.प्र. ०१–००२ प ११४८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा गएराती साढे ८ बजेको समयमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारकै क्रममा राती सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक रुपन्देहीको स्यारी गाउँपालिका–४ का २९ बर्षीय जितेन्द्र राजभरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







