Smoking Causes Cancer

गुल्मीमा एक पुरुषको शव फेला: टुन्कुलाको अध्ययन कसले गर्ला?



ओझेलका खबर
२ वर्ष अगाडि


Place for ads

९ पुस, गुल्मी: गुल्मीको इस्मा गाउँपालिका-१, हर्पुकोट भेडाबारीकाका एक पुरुषको शव अत्यधिक मदिराको चाङमा फेला परेको छ।

त्यस गाउँका ३५ बर्षिय रमेश खत्रीको शव उनको घर देखि माथी गोरेटो बाटोमा घोप्टो परेको अवस्थामा फेला परेको र अत्याधिक मदिरा सेवनबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलले जानकारी दिए ।

इस्मा- १ का वडाध्यक्ष शेर बहादुर कुवर भन्छ्न – उनि मृत भेटिएको थलो सधै लुकेर मदिरा सेवन गर्ने जक्सन पाईयो । शव सङ्गै करिव २० / देखि ३० वटा टुन्कुलाका बोत्तल थिए । एउटा बोत्तल पिउदै गरेको अबस्थामा जस्तो तर खाली थियो ।

सिंचाई
Forest
Ad.

उनि अविबाहित हुन । उनि त्यस बाटोमा अस्ति साझ मृत्यु भएको अनुमान छ तर शव भने हिजो फेला परी प्रहरी आएर पोष्टमार्टमका लागि तम्घास लगेको थियो । हिजो देखि मृतकका भाई कुनोमा बसेका छ्न ।

घटना स्थलको अनुसन्धानको लागि प्रहरी निरीक्षक भुपेन्द्र थापा नेतृत्वको टोली खटिएको थियो । प्रारम्भिक अनुसन्धानमा मृत्युको पहिलो कारण अत्याधिक मदिरा देखिए पनि थप रहस्य पनि हुन सक्ने भएकोले अनुसन्धान भईरहेको डिएसपी पोख्रेलले बताए ।

कम गुणस्तरको टुन्कुला नामक उप्त मदिरा गुल्मीका ग्रामिण भेगमा अत्याधिक विकृबितरण हुने गरेको छ । सस्तो पाईने भएकोले निम्न आय भएका बर्गको यो सहज पहुँचमा छ ।

यसको सेवनले शरिरमा तातोपन नदिई मुटु सम्म चिसो पार्ने भएकोले बिशेषत यो चिसो मौसममा टुन्कुला बिषादि जस्तै मानिने स्वास्थ्यकर्मीहरुले बताउदै आएका छ्न ।

Awareness by SKF

यस मदिराले ग्रामिण भेगमा बजार ओगटे यता थुप्रैको ज्यान टुन्कुला बोत्तल सहित गएको देखिए पनि सरकारी निकाय बाट यसको अध्यान / अनुसंधान हुन सकेको छैन ।

जिल्लाका केहि पालिकाले यसलाई रोक लगाउने प्रयास गरे पनि लुकिचोरी पैठारी हुने गरेको छ ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो