Clean Water Campaign

Awareness Campaign

गुल्मीमा आज देखि प्रथम कंकेदेउराली महोत्सव शुरु



ओझेलका खबर
८ महिना अगाडि


Awareness

Place for ads

 

खिम खड्का

सिंचाई
Forest
Ad.

गुल्मी , ५ पुष, २०८१ । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ को कंकेदेउरालीमा आज बाट प्रथम कंकेदेउराली कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव शुरु हुँदैछ ।

आज पुस ५ देखि ७ गतेसम्म संचालन हुने महोत्सव मदाने गाउँपालिकाको आयोजना र कंकेदेउराली पर्यटन पुर्वाधार विकास समिति सह आयोजकको रुपमा आयोजना गरिएको महोत्सव ‘घुम्न जाउँ यसपालि कन्केदेउराली’ अभियानका साथ पहिलोपटक आयोजना गरिएको हो ।

उत्तर-दक्षिण जोड्ने ढोरपाटन सडक सङ्ग जोडिएको पर्यटकीय क्षेत्र कन्केदेउरालीलाइ पर्यटन बिकासमा टेवा पुराउने उदेश्यले महोत्सव आयोजना गरिएको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन ।
महोत्सवमा भजनकृतन, विद्यालय स्तरको प्रतिभाको खोजी अभियान अन्तरगत मदाने तारा र केही कलाकारको प्रस्तुति रहने खडकाले जानकारी दिइन् ।

मदाने गाउँपालिकामा उब्जने कोदो,मकै,सुन्तला,फापर लगायतका स्थानिय उत्पादन र कृषि उपजको महोत्सवमा प्रर्दशन गरिने गाउँपालिकाका प्रशासकीय अधिकृत शालिकराम पन्थीले बताए ।

Awareness by SKF

आजबाट ३ दिनसम्म चल्ने यो महोत्सव पालिकाको करिव ३ लाख बजेटमा सम्पन्न हुने पन्थीले जानकारी दिए । बिच भागबाट जाने सालझन्डी ढोरपाटन सडक र नजिकका पर्यटकीय क्षेत्र तथा कृषि र पशुपालन जोडेर समृद्धि प्राप्तिको लक्ष्य राखिएको पालिका अध्यक्ष महेन्द्र कुँवरले बताए ।

महोत्सवमा गुल्मी जिल्ला र पालिका भित्रका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति हुने मदाने गाउँपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो