गुल्मी, ४ पुस २०८१ । गुल्मीको चन्द्रकोट गाउँपालिका ४ मा अहिले साँझ जिप दुर्घटना हुँदा १० जना घाईते भएका छन । शान्तिुरबाट डाँडाबन भन्ने स्थानमा जाँदै गरेको ग ३ प ६४७७ नम्वरको जिप दुर्घटना हुँदा १० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी शंकर पोख्रेलले जानकारी दिए ।
उनले जिप चालक धनबहादुर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीलाई सम्पर्क राख्दा उनले आफु घटना स्थलमा पुगेर घाईतेहरुलाई उद्धार गरी शान्तिपुरको सिएण्डसी अस्पतालमा भर्ना गर्न आई पुगेको जानकारी दिए ।
उनले वडा नम्वर ४ की वडा सदस्य सोमकला घर्ति र उनका छोरा सहित घाईते १० जनाकाृे सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गरेका छन । अध्यक्ष खत्रीले आफुहरु संगै घटनास्थल देखि अस्पताल सम्म घाईतेहरुको उद्धार कार्यमा खटने लुम्बिनी प्रदेश सांसद चिन्तामणि पाण्डे, ईलाका प्रहरी कार्यालय शान्तिपुर परिबार , विभिन्न तहका जनप्रतिनिधी , समाज सेवी र सर्वसाधरण सबैलाई धन्यवाद दिएका छन ।
घाईतेको अबस्था त्यस अस्पतालबाट बाहिर पठाउन नपर्ने खालको भएकोले चिन्ता नगर्न परिवारजनलाई आग्रह गरेका छन । जिल्ला प्रशासनको टोली सहित गाउँपालिकाले आज आयोजना गरेको राष्टिय परिचय पत्र वितरण गर्ने शिविरमा आएर फर्किने क्रममा उक्त दुर्घटना भएको अध्यक्ष खत्री क्षेत्रीले जानकारी दिए । घाईते सबैको अबस्था मध्येम रहेको डिएसपी पोख्रेलले बताए ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |