Awareness Campaign

गुल्मी जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा रुरुक्षेत्र प्रथम



प्रेम सुनार
३ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिकाद्वारा संचालित सुरक्षीत आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा रुरुक्षेत्र गाउँपालिका-१, रिडी स्थित राष्ट्रिय माविका प्रतियोगी प्रथम स्थान हासिल गर्न सफल भएका छन। त्यस्तै मुसिकोट नगरपालिका-३, स्थित चौरमा रहेको जनजागृति माध्यामिक विद्यालय द्वितिय र तम्घासको ब्रिन्ल्याण्ड एकडेमी प्रतियोगी तृतिय भएका छन।

राष्ट्रिय मावि रिडीकी प्रतियोगी प्रिन्सा श्रेष्ठ प्रथम भएकी हुन। त्यस्तै जनजागृति मावि मुसिकोट-३, चौरकी प्रतियोगी सविता कार्की द्वितिय र ब्रिल्याण्ड एकेडमी तम्घासकी प्रियाङका पन्थीले तृतिय स्थान हासिल गरेकी हुन।

रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी ) कार्यक्रम अन्तर्गत (सामी ) वार्षिक समिक्षा तथा अन्तराष्ट्रिय अप्रवासी श्रमिक दिवस सन २०२४ को अवसरमा उक्त प्रतियोगिता राखेको थियो। प्रतियोगितामा जिल्लाभर १३ वटा माध्यामिक विद्यालय सहभागी थिए।

Forest
Forest
Ad.

प्रथम पुरस्कार राशी १० हजार , दृतिय पुरस्कार राशी ७ हजार र तृतिय पुरस्कार राशी ५ हजार रहेको थियो ।

प्रतियोगिताको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा उपमेयर अमृतादेवि कुँवर , निमित्त प्रमुख जिल्ला हरिप्रसाद गैरे, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्ली, जिल्ला समन्वय अधिकारी हरिनारयाण वेलबासे, शिक्ष विकास इकाई कार्यालय प्रमुख थानेश्वर घिमिरे, रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थी , लगायतको विशेष आतिथ्यता रहेको थियो।

रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा त्यस नगरपालिका सामाजिक विकास समिति संयोजक लिलाधर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षित अप्रवासन कार्यक्रम (सामी) का कार्यक्रम संयोजक अजुर्न पोखरेलको सञ्चालन रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →