अनिल खत्री
गुल्मी । गुल्मी जिल्ला प्रशानस कार्यालयलाई मानबहादुर एण्ड मायादेवी फाउण्डेसनद्धारा फर्निचर सामाग्री सहयोग भएको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिने सेवाग्रहीको सहजताको लागि मानबहादुर एण्ड मायादेवी फाउण्डेसन तम्घास गुल्मीले १२ वटा बेञ्च सहयोग गरेको छ । फाउण्डेसनको तर्फबाट मानबहादुर श्रेष्ठले निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेलाई उक्त फर्निचर सामाग्री प्रदान गगर्नुभएको हो । पछिल्ला दिनहरूमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउनेको भिड अत्याधिक बढेको छ । भिडका कारणले ज्येष्ठ नागरिकहरु चिसो भुइमा बसेर सेवा लिनु पर्ने अवस्था थियो । काठबाट तयार भएका बेञ्चमा एउटामा ८ जनासम्म बस्न मिल्ने गरि तयार गरिएको छ । ज्येष्ठ नागरिकहरुले पाइरहेको कष्टपूर्ण अवस्था देखेपछि फाउण्डेसनका संरक्षक मानबहादुर श्रेष्ठले बताउनुभयो । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र बनाउने ठाउँमा पालो कुर्ने स्थलमा बस्ने बेञ्च नहुँदा समस्या रहेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले सेवाग्रहीको सहजताको लागि फाउण्डेसनलाई गरिएको आग्रह स्वरुप १२ वटा बेञ्च सहयोग भएकोमा धन्यवाद दिनुभयो । उनले पछिल्लो केहि दिन यता राष्ट्रिय परिचयपत्र, राहदानी लगायत प्रशासनका सबै सेवा लिनेको संख्या अत्यधिक रहेकाले सेवाग्रहीलाई पालो कुर्ने क्रममा चिसो भुइमा बसेर पालो कुर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । मानबहादुर एण्ड मायादेवी फाउण्डेसनद्धारा गुल्मी जिल्लामा विभिन्न ठाउँमा विभिन्न समयमा सहयोग प्रदान गर्दै आएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |