Hi-Speed Computer

Awareness Campaign

देउखुरीमा बसले ठक्कर दिदा एक युवकको मृत्यु



शर्मिला चुँदारा
५ महिना अगाडि


Awareness

Place for ads

दाङ । अहिले साझ दाङमाको देउखुरीमा स्कुल बसले ठक्कर दिदा एक युवकको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही भालुवाङ सडकखण्डको बिजौरीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक राप्ती गाउँ पालिका ८ बिजौरी निवासी २० बर्षिय किशन शाहीको ज्यान गएको हो ।

ईलाका प्रहरी कार्यालय भालुवाङले दिएको जानकारी अनुसार

Forest
Forest
Ad.

लमहिस्थित एक संस्थागत विद्यालयको रा १ क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक शाहीको घटनास्थलमै मृत्यु भएको थियो ।

शाहीको ज्यान गए लगत्तै आक्रोशित स्थानीयले अहिले पुर्व पश्चिम राजमार्गको लमही भालुवाङ सडकखण्ड अवरुद्ध पारेको प्रहरीले जनाएको छ । संस्थागत बिध्यालयको नाम भने प्रहरीले खुलाएको छैन । स्मरण रहोस सोहि सडक खण्डमा हिजो बेलुका मालबाहक ट्रकले मोटरसाइकल चालकलाई ठक्कर दिदा अर्का एक युवकको पनि मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

शर्मिला चुँदारा को बारेमा

शर्मिला चुँदारा गुल्मीमा सक्रिय पत्रकार हुन्।

शर्मिला चुँदारा द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →