Hi-Speed Computer

Awareness Campaign

उद्योग बाणिज्य संघ मजुवाको अध्यक्षमा पुनः गौतम



शर्मिला चुँदारा
५ महिना अगाडि


Awareness

Place for ads

प्रेम सुनार

गुल्मी, मंसिर २१ । गुल्मी उद्योग बाणिज्य संघ , मजुवा शाखाको अधिवेशनले  अध्यक्ष पदमा पुनः लक्ष्मीप्रसाद गौतमलाई अध्यक्षमा निर्वाचित गरेको  छ ।

शनिवार मजुवामा सम्पन्न  दोश्रो अधिवेशनले गौतमलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो ।

Forest
Forest
Ad.

मानका टिकारम बहुमुखी क्याम्सका सहायक क्याम्पस प्रमुख  तथा निर्वाचन अधिकृत चुन्न प्रसाद अर्यालले अध्यक्षमा गौतम , उपाध्यक्षमा दधिराम सापकोटा , सचिवमा चन्द्र बस्नेत कोषाध्यक्ष मुमप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

त्यस्तै कार्य समिति सदस्यहरुमा ईन्द्रमणि अर्याल. , हरिप्रसाद अर्याल, कृष्णप्रसाद श्रेष्ठ , गणेश बस्नेत , कमल सुनार , सिता बिक , हरिराम भट्टराई , रेनुका श्रीस् , हर्क बस्नेत र खिमहादुर भलामीलाई पनि निर्वाचन अधिकृत अर्यालले  निर्विरोध निर्वाचित घोषणा गरेका थिए । अधिवेशनका चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले उद््घाटन गरेका थिए । कार्यक्रमममा त्यस पालिकाका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, गुल्मी उद्योग बाणिज्य संघ जिल्ला अध्यक्ष ईश्वरीप्रसाद पौड्याल ,   उपाध्यक्ष मृगेन्द्र प्रसाद श्रेष्ठ , महासचिव ईश्वरीप्रसाद वेलवासे , चन्द्रकोट ८ का वडाध्यक्ष फणिन्द्र राज भण्डारी , ७ का वडाध्यक्ष अनन्तराम भण्डारी,    त्यस पालिका कार्य समिति सदस्य बिष्णुमाया सापकोटा , वडा सदस्य त्रैयः चन्द्रबहादुर बस्नेत  लगायतको बिशेष आतिथ्यता थियो ।  गुल्मी उद्योग बाणिज्य संघको  मुसिकोट , रिडी र  शान्तिपुर शाखाको अधिवेशन सम्पन्न भएको छ । बलेटक्सारको मात्र बाँकी रहेका जनाईएको छ ।

      अग्रणी शाखा

मजुवा शाखाले अघिल्लो कार्यकालमा  ब्यापार , व्यवसायिहरुको हकहितमा भन्दा बढि मानविय उद्धारको क्षेत्रमा बढि काम गरेको थियो । दजाकोटमा आगोलागि हुँदा चौबिसै घण्टा खटनुका साथै देश विदेशबाट र स्थानीय ब्यापारिहरुबाट  ठुलो परिणाममा सहयोग  जुटाउन  संस्थागत रुपमा अग्रणी भुमिका  खेलेको थियो । अन्य विपद्का घटना र मानव उद्धारमा पनि मजुवा शाखा जुट्दै आईरहेको छ ।  अध्यक्ष  लक्ष्मी प्रसाद गौतमको सभापतित्वमा सम्पन्न अधिवेशनमा  सदस्य रेणु श्रीसको सञ्चालन रहेको थियो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

शर्मिला चुँदारा को बारेमा

शर्मिला चुँदारा गुल्मीमा सक्रिय पत्रकार हुन्।

शर्मिला चुँदारा द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →