Clean Water Campaign

Awareness Campaign

यस्तो रह्यो रिडीको भजन महोत्सव (फोटो फिचर सहित)



प्रेम सुनार
९ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: शुक्रबार गुल्मीको रिडीमा आयोजित भजन प्रतियोगितमा सहभागि ११ समुह मध्ये चार पाँच वडा समुहको प्रस्तुती हेर्दा दर्शकहरुलाई अन्तिम सम्म ति समुह मध्ये एक प्रथम, द्वितिय र तृतिय होला भन्ने कुराको अनुमान गर्नै मुस्किल पर्यो। झन निर्णायक मण्डललाई कति मुस्किल परे होला?

श्री रुरु धार्मिक सेवा सञ्चार प्रालि रुरुक्षेत्र धाम रिडीले आयोजना गरेको दशौँ भजन महोत्सव शंख वादन प्रतियोगितामा गुल्मी, पाल्पा र अर्घाखाँचीका गरी ११ वटा भजन समुह सहभागी थिए।

प्रतियोगिताका निर्णय मण्डल संयोजक त्रैलोक्य न्यौपानेल घोषणा गर्दा दर्शकहरु चकित परेका थिए। प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका अर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र काकीले उद्घाटन गरेका थिए।

सिंचाई
Forest
Ad.

कार्यक्रमका बिशेष अतिथी लुम्बिनी प्रदेशका मुख्य सचिव महादेव पन्त , रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली लगायले शुभकामना मनतब्य राखेका थिए ।

शंखबादन प्रतियोगितामा दर्जनौ प्रतिस्पधीलाई पछाडी पार्दै बाल्लुङ्ग काँडेबासका मिनबहादुर दर्लामीले प्रथम पुरस्कार हाता पार्न भएको छ । कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष मिनादेवि गौतम , गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा ढेंगा मगर लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

भजन महोत्सवको अवसरमा करोड दिप प्रज्वलन उत्कृष्ट कृषक तथा पत्रकार सम्मान कार्यक्रम समेत सो संस्थाले आयोजना गरेको थियो । मन्त्री कार्कीको हातबाट झण्डै दुई दर्जन बढि कृषक सम्मानित भएका थिए।

Awareness by SKF

आयोजक संस्थाका प्रमुख सहयोगी रुरुक्षेत्र गाउँपालि वडा नम्वर १ का पुर्व वडाध्यक्ष रामलाल बिकलाई पनि मन्त्री कार्कीको हातबाट सम्मानित गरिएको थियो । त्यस्तै पाल्पाका पत्रकार जयराज न्यौपाने , अघौखाँचीका पत्रकार गुरुदेव खनाल , गुल्मीका पत्रकार तथा यस ओझेलका खबर सञ्चालक प्रेम सुनारलाई उत्कृष्ट पत्रकारहरुको पुरस्कारले सम्मान गरिएको थियो ।

उत्कृष्ट विजेता समुहलाई बिशिष्ट अतिथी चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौड्यालले समापन कार्यक्रम पुर्व सम्वोधन गरेका थिए।

उनकै हातबाट प्रथम हुन सफल हरिओम भजन समुह सन्धिखर्क, द्वितिय हुन सफल राष्ट्रिय लोक चुटका भजन समुह पाल्पा तानसेन, पाल्पाकै रैनादेवि छहरा सोमादीको राधाकृष्ण भजन समुह तृतिय र गुल्मीको रुरुक्षेत्र कृतन समुहलाई सन्तना पुरस्कार वितरण गराईएकोे थियो।

आयोजक संस्थाका अध्यक्ष चुरामणि तिम्लिसिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी भुवन भुसालको उद्घोषण रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →