Clean Water Campaign

Awareness Campaign

इस्मा-१ ले वितरण गर्यो अपाङ्गता भएका वडावासीलाई न्यानो कपडा



प्रेम सुनार
८ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा गुल्मीका स्थानीय सरकारहरुले विभिन्न औपचारिक कार्यक्रम गरे। अधिकांशले कतै अन्तरक्रिया र कतै गोष्ठी गरेर अपाङ्गता दिवस मनाई रहदा जिल्लाको इस्मा गाउँपालिका, वडा नम्बर १ ले भने अपाङ्गता भएका मानिसहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ।

त्यस वडाले वडाकै बजेटबाट वडा भित्रका क वर्गका अपाङ्गता भएका मानिसहरुको घर-घर मै पुगेर भुइँमा ओछ्याउने मेट, सिरक, डस्ना, सिरानी र फलफुल वितरण गरी अपाङ्गता दिवस मनाएको हो।

त्यस वडाका वडाध्यक्ष शेर बहादुर कुँवरले भन्नुभयो, ‘हामी चुनाव ताका भोटका लागि अपाङ्गता भएका मानिसहरु गाडी लिएर मतदान स्थल सम्म लिन जान्छौँ, अनि चुनाव जिते पछि उनिहरुलाई फर्केर हेर्दैनौँ भने त्यो दुर्भाग्य हो। यसर्थ उनिहरुका लागि यस्तो कार्यक्रम राखेका हौँ।’

सिंचाई
Forest
Ad.

वडाध्यक्ष कुँवर, वडा सदस्यहरु जङ्ग बहादुर खत्री, धन बहादुर कुँवर, चित्रकला सुनार, रेनुका विष्ट र वडा सचिव सुभद्रा अर्याल ति सामग्री बोकेर घर-घर मै वितरण गर्न पुगेका थिए। वडाका ९ जना क वर्गका अपाङ्गता भएका मानिस मध्ये ५ जना महिला र ४ जना पुरुष रहेका छन। जातिगत दुई जना दलित, चार जना जनजाति र ३ जना अन्य रहेको वडा सचिव अर्यालले बताउनु भयो। त्यस वडामा ख वर्गका अपाङ्गता भएका मानिस २५ जना रहेका छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →