Awareness Campaign

के मुसिकोट-१ का उम्मेदवार दुर्गा विकले यसपाली पनि कांग्रेस एमालेलाई पाखा लगाउन सक्लान?



प्रेम सुनार
५ महिना अगाडि


Place for ads

गुल्मी: विगतमा दलित समुदाय माथी कति विभेद कति अन्याय अत्यचार थियो भन्ने अहिलेको पुस्तालाई थाह छैन। भोग्नेहरुलाई सम्झीदा अहिले पनि मनमा विद्रोहको ज्वाला दन्किन्छ भन्छन बुढापाकाहरु।

समाजको हरेक क्षेत्रमा चरम विभेद थियो। तिनै विभेद मध्येको एक हो, २०६७ सालमा गुल्मीको साविक नेटा गाविसमा एक विद्यालय ब्यवस्थापन समिति अध्यक्ष पदको चयनको विषय। हाल मुसिकोट नगरपालिका-१ मा पर्ने थामडाँडामा रहेको सरस्वती माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा स्थानीय दुर्गाबहादुर बिकले दावी गर्दै आए।

तर उनलाई एक बर्ष सम्म अध्यक्ष स्वकार गरिएन । त्यस पछि बिकले निर्वाचन नै गरौन, जो जसले जित्छ , जितोस भनेर अडान लिए । त्यस पछि बिक संग चुनाव लड्न बाध्य भए त्यहाँका ठुलाा बडाहरु । अन्तः २०६८ साल भदौ २ गते विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पदमा निर्वाचन भयो । माओवादीबाट उठेका बिक बिरुद्ध त्यहाँको एमाले कांग्रेसले संयुक्त उमेदवारका रुपमा ईन्द्रबहादुर घर्तिलाई अध्यक्षको उमेदवार उठाए । साँझ मतगणना हुँदा ति दुई दुबै दलका उमेदवारहरुलाई पाखा लगाई दिए , अर्थात अभिभावकहरुको भारी मतले बिक विजयी भएका थिए।

Forest
Forest
Ad.

बिकले कार्यभार समहाल्दा बिद्यालय भवन अपर्याप्त थियो । चौरमा बसेर पढ्ने अवस्था थियो । सोही समस्यालाई मध्ये नजर गरी बिकले २ करोड ५७ लाख केन्द्रिय बजेट पारेर भवन बनाए । खेल मैदान थिएन, त्यो पनि बजेट पारेर बनाए । दुई बर्षे कार्यकालमा उनले महिला शैचालय निर्माण गरे । , तिन वटा दरबन्दी थपे ,कक्षा ५ सम्म अग्रेजी माध्यमद्धारा पढाई सुरु गराए । ईलाईवेरी स्थापना र प्लस टुको पढाई समेत उनले नै सञ्चालन गरेका थिए।

उनले जिम्मेवारी सम्हाले बर्ष एक जना मात्र बिद्यार्थी एसएलसीको थर्ड डिभिजनमा पास भएकोमा बिकले सुरु गरेको पहिलो बर्ष देखि एक जना मात्रै बिद्यार्थीलाई बिषय लागेको थियो भने अरु सबै उतिर्ण भएका थिए । अहिलेको उपनिर्वाचनमा कांग्रेस एमाले संगै छैनन् । तिन प्रमुख दल एक्लाएक्लै भिडेका छन । यस कारण अहिले यहि चर्चा परिचर्चा छ त्यहाँकी बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पदको चुनावमा जस्तै वडाध्यक्षको उमेदवारमा पनि बिकले विपक्षीहरुलाई त्यसरी नै पाखा लगाउन सक्लान ?

यहि प्रश्न हामीले गर्दा बिक भन्छन–‘ मलाई उति बेला पनि दलितले मात्रै भोट दिएर मैले जितेको होईन, सबै समुदायले मलाई चुन्नु भएको हो । म माओवादीको नेता बनेर होईन, सबैको साझ ाबनेर यहाँको विकास निर्माणमा अगुवाई गर्दै आएको हुँ । ३० बर्ष भयो मैले यहाँ हरेक क्षेत्रका विकासमा अगुवाई गरेको । अहिले म उमेदवारका रुपमा माओवादी केन्द्रको भए पनि म आफुलाई साझा उमेदवारका रुपमा यसपालीको चुनावी मैदानमा खडा छु र मैले जिते सबैको साझा जनप्रतिनिधी भएर काम गर्नेछु र यहि रुपमा मैले आम मतदाता संग प्रतिबद्धत्ता जनाउँदै भोट मागेको छु , माहौल अहिले प्रति राम्रो छ र चुनाव जित्ने कुरामा ढुक्क छु । ’

अन्य विकास निर्माण्मा तपाईको भुमिका के छ ? भन्ने प्रश्नमा बिकले भने –‘पौदीअमराई ढाँडा रंङ्गनाम , कालपोखरा मैदान जोडने मोटर बाटोमा १५ लाख बजेट पारेको थिएँ । त्यस्तै कालढुङ्गा छत्रका थान मोटरबाटोमा १० लाख बजेट पारेको , लाकुरे गन्धुक बगाह धर्मचौर एक चोटी १० र अर्को चोटी १५ लाख , गरी २५ लाख बजेट पारिएको थियो । यो मेरो एकल प्रयास हो।

Awareness by SKF

त्यसका अलवा मेरो आग्राहमा हाम्रा पार्टीका नेताहरुले थुप्रै पटक विभिन्न विकास निर्माणमा योजनाहरु पार्दै आउनु भएको छ । सोा पार्टीको युवा नेता बुद्धि जिसीले भनेका छन कि हाम्रा उमेदवार दुर्गाबहादुर बिकलाई वडाबासीले जिताएमा मुसिकोटका ९ वटा वडा मध्ये त्यस वडा नम्वर १ लाई नमुना बनाउने छौं । यति बनाउन नसके अर्को चोटीको निर्वाचनमा हामी पौदीअमराईबासी कहाँ भोट माग्नै आउने छैनौ।

बिकका प्रतिस्पधीहरुमा नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा रहेका छन। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विशाल थापा , राप्रपाबाट ईस्वरी खाती र स्वतन्त्र उमेदवारहरु क्रमशः तीन जना स्वतन्त्र उमेदवारहरुमा कोमानन्द खरेल , कुलबहादुर थापा र योगेन्द्र खरेल सहित ८ जना रहेका छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →