Salime Malika Krishi Farm

Awareness Campaign

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

रासस, बागलुङ: मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ नगरपालिका-४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आउनुभएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न छन् । १६ वर्षको कलिलो उमेरमा रोजगारीका लागि भारत जानुभएका सन्तोष त्यहाँबाट फर्केर पुर्खाको पेसामा लागेको र यसमै सन्तुष्ट रहेको बताउँछन् ।

“भारतमा लामो समय काम गर्दासमेत भनेजस्तो कमाउन सकिएन । हाल नेपालमै काम गरिरहेको छु । आफ्ना पुर्खाको आरन पेसा अगाल्दा पैसाभन्दा बढी सन्तुष्टि मिलिरहेको छ”, उनले भने । बागलुङ नगरपालिका–९ तित्याङ घर भएका विश्वकर्माले आरन चलाएर राम्रो आम्दानी गर्दै आएको बताए । उनले भारतमा १० वर्ष सिल्टेको भाडा बनाउन सिकेको कामले स्वदेशमा कमाइ गरेको बताए ।

“भारतमा १० वर्ष सिल्टेको भाडा बनाउने कम्पनीमा काम गरेँ । १६ घण्टा काम गर्नुपर्दा निकै दुःख थियो । कमाइ खासै थिएन तर काम भने सिकियो, भारतमै केही वर्ष सिल्टेबाट बनेका भाडा बिक्रीको काम पनि गरे, व्यवसायमा घाटा भएपछि नेपाल फर्के”,उनले भने, “पुर्खाको पेसा र भारतको सिकाइले मलाई आत्मबल मिल्यो । बालीघरे प्रथाले पहिला गाउँमा खासै आम्दानी थिएन, बागलुङ बजार झरेपछि भने श्रमको मूल्य पाएको छु ।”

सिंचाई
Forest
Ad.

आफ्नै देशमा काम गर्न पाएकोमा सन्तोष खुसी छन् । साथीभाई अहिले रोजगारीका लागि विभिन्न देश पुगे पनि भारतबाट फर्केपछि आफूलाई भने विदेश जान मन नलागेको उनको भनाइ छ ।

“आरन व्यवसायबाट एकदमै खुसी छु, यहाँ सबैसँग खुलेर कुराकानी गर्न पाइन्छ, अन्यत्र भाषाको समस्या हुन्छ, आफू ठूलो देशमा नगए पनि आफूले उत्पादन गरेका फलाम, तामा र सिल्टेका भाडा जापान, अमेरिका लगायतका देशमा पुगेका छन्”, विश्वकर्माले भने, “अहिले सजावटका लागि तामाको भाडाको निकै माग छ, तामाको भाडामा पानी खाने प्रचलन फेरि फर्केको छ, उपहार र आफन्तका लागि विदेशमा समेत सामग्री खरिद गरेर पठाउने प्रचलनले व्यापार फष्ठाएको छ ।”

सन्तोषले उत्पादन गरेका हसिया, बाउसो, खुकुरीलगायत सामग्रीका लागि बजारको अभाव नभएको बताए । फलाम, तामा र सिल्टेका विभिन्न सामग्री उत्पादन गर्न सके बजारको समस्या नरहेको उनको अनुभव छ । आफूले उत्पादन गरेका अधिकांश भाडा तथा हात हतियार आरनबाटै बिक्री हुने गरेको र डाडु, पन्यु, दाब, खुकुरी, बन्चरो, हँसिया बढी मात्रमा बिक्री हुने गरेको विश्वकर्माले जानकारी दिए ।

आफ्नो उत्पादनबारे स्थानीय सरकारलाई भने खासै चासो नभएको विश्वकर्माको गुनासो छ । उनले परम्परागत पेसालाई संरक्षण गर्न र यसतर्फ युवाहरूलाई आकर्षित गर्न सरकारको सहयोग आवश्यक रहेको बताए । पछिल्लो समय काम गर्ने मान्छे नपाइदा समस्या भएको र पुस्तान्तरणको अभावमा पेसा लोप हुने अवस्थामा पुगेकामा विश्वकर्माले चिन्ता व्यक्त गरे ।

Awareness by SKF

“अहिले काम गर्ने मान्छे पाइँदैनन्, पछिल्लो पुस्तालाई विदेशकै मोह छ, विदेश नै जाने, धन कमाउने भन्छन् । पुख्र्यौली पेसा संरक्षणमा स्थानीय सरकारले ध्यान दिने, पेसालाई आधुनिकरण गर्ने र प्रोत्साहन गर्ने हो भने यतै राम्रो गर्न सकिन्छ”, उनले भने।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो